back
CTIZAN AD

माओवादी केन्द्रीय समितिको बैठक : आज प्रचण्डले जवाफ दिने, लाग्ला त पदाधिकारीको टुंगो ?

वि.सं.२०७९ असार २२ बुधवार

825 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज  १ बजे बस्दैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबारदेखि बसेको केन्द्रीय समितिको बैठक आज अन्तिमदिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने बताइएको छ ।

असार १९ देखि २१ गतेसम्मका लागि डाकिएको उक्त बैठक २१ गते मंगलबार भने स्थगित गरिएको थियो । बैठकमा सहभागी अधिकांशले सोहि बैठकले पदाधिकारी चयन गर्नुपर्ने दवाव दिएपछि मंगलबारको बैठक स्थगीत गरेका अध्यक्ष प्रचण्डले पदाधिकारीको टुंगो लगाउन खुमलटारमा पूर्वस्थायी समिति सदस्यको बैठक बोलाएका थिए ।

बैठकले पदाधिकारीको टुंगो लगाउने जिम्मा प्रचण्डलाई नै दिएको थियो । प्रचण्डले पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको नाम आजको बैठकमा प्रस्ताव गर्ने सम्भावना रहेको बताइएको छ ।

सोमबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीभित्र पदाधिकारीको छिट्टै टुंगो लगाउनुपर्ने तथा पार्टीलाई भद्रगोल अवस्थामा राख्न नहुने भन्दै नेतृत्वलाई पदाधिकारी चयनका लागि दवाव दिएका थिए ।

गत पुसमा आठौ महाधिबेशन सम्पन्न गरेको माओवादी केन्द्रको यसअघि दुईवटा केन्द्रीय समितिको बैठक बसेपनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन ।

वि.सं.२०७९ असार २२ बुधवार ०८:४९ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...