back
CTIZAN AD

सुन्दर र हरियाली उपत्यका बनाउने अभियानमा लाग्यो एनसेल

वि.सं.२०७९ असार २२ बुधवार

840 

shares

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले कंलकी–कोटेश्वर सडकखण्डलाई हरियाली बनाएको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत कलंकी–कोटेश्वर चक्रपथ खण्डको १०.२ किलोमिटर सडकलाई हरियाली बनाएको हो ।

कम्पनीले वन तथा भू–संरक्षण विभाग र ललितपुर महानगरपालिकासँगको सहकार्यमा लामो समयदेखि यस क्षेत्रलाई हरियाली बनाउन काम गरिरहेको छ । कम्पनीले ५ वर्षसम्मका लागि यस क्षेत्रमा रहेका रुखबिरुवाको हेरचाह गर्ने र सडकको छेउछाउमा दुबो लगाउने काम गर्ने छ ।

काठमाडौं उपत्यकाको सडकलाई हरियाली र वातावरण मैत्री बनाउने लक्ष्यसहित कम्पनीले विगत १ वर्षदेखि यस क्षेत्रमा काम गरिरहेको छ ।

सडकको दायाँबायाँमा रहेको जमिनमा दुवो लगाउने र विभिन्न प्रकारका फुल तथा बिरुवा लगाउँदै आइरहेको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) एण्डि चोङले कम्पनीको व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तरगत रहेर चक्रपथको कलंकी–कोटेश्वर खण्ड हरियाली बनाउने जिम्मा लिएको बताए । उनले सुन्दर र हरियाली उपत्यका बनाउने अभियानको एउटा सानोरूप भएको समेत बताए  यस्तै, उनले नेपाल सरकारसँग मिलेर यसप्रकारको काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

यसैगरी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चक्रपथको उक्त खण्ड हरियाली बनाइदिएकामा कम्पनीलाई धन्यवाद व्यक्त गरे । कलंकीदेखि कोटेश्वरसम्मको सडक खण्ड हरियाली बन्दा वातावरणमा समेत अनुकुल असर पर्ने र यस अभियानले स्मार्ट सिटीको परिकल्पनालाई समेत साकार पार्ने उनको भनाइ छ ।

वि.सं.२०७९ असार २२ बुधवार ०९:११ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

भन्सार छलेर ल्याइएका  १२ विद्युतीय स्कुटर नियन्त्रणमा

भन्सार छलेर ल्याइएका  १२ विद्युतीय स्कुटर नियन्त्रणमा

वीरगञ्ज (पर्सा) ।  प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका १२...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...