back
CTIZAN AD

प्रचण्डले किन प्रस्ताव गरे विशेष महाधिवेशनको ?

वि.सं.२०७९ असार २३ बिहीवार

816 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबारको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन् ।

महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भनेका छन्, “छिट्टै विशेष महाधिवेशन गर्नेछौँ, त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ ।”

प्रचण्डले ‘समाजवादी क्रान्ति’का लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । उनले पार्टीको पहिचानका निम्ति पनि विशेष महाधिवेशन आवश्यक रहेको बताए ।

“यो पार्टीलाई क्रान्तिकारी बनाउन असाधारण त्याग र योगदान जरुरी छ, हामी अरुभन्दा फरक हो भनेर सावित गर्न जरुरी छ”, प्रचण्डले भनेका छन्, “सिद्धान्तको कुरा गर्ने मात्र होइन हामी, हामी त विचारलाई व्यवहारमा लागू गर्छौं, हामीकहाँ कहीँ न कहीँ अन्तरघात भएर धेरै ठाउँमा पराजित भएका छौँ, यसको लेखाजोखा हुनुपर्छ, चुनावी दाउपेच पनि ख्याल गर्नपर्ने रैछ, कांग्रेस एमालेका इमानदारलाई ल्याउनुपर्छ ।”

पार्टीलाई क्रान्तिकारी बनाउन सबैले असाधारण त्याग र योगदान गर्न आवश्यक रहेको पनि उनले बताए ।

किन विशेष महाधिवेशन ?

माओवादीभित्र आन्तरिक संगठनात्मक विषयमा निकै किचलो छ । केन्द्रीय समिति चयनदेखि विभिन्न मुद्दामा पार्टीभित्र असन्तुष्टिहरु छन् । धेरैजसो नेताहरुले आन्तरिक रुपमा चुनाव गर्न माग गर्दै आएका छन् ।

पदाधिकारी चयन सकसपूर्णं हुँदा प्रचण्डले विकल्पको रुपमा विशेष महाधिवेशनको प्रस्ताव गरेको बुझिएको छ । प्रचण्डले महाधिवेशनको बेलामा पनि विशेष महाधिवेशनमार्फत संगठनात्मक र वैचारिक समस्यालाई हल गरेर जाने कुरा नेताहरुलाई बताएका थिए ।

साथै, माओवादी घटकका दलहरुबीच पनि प्रचण्डले एकताको पहल गरिरहेका छन् । प्रचण्डले ती दलहरुसँग एकता गर्नको निम्ति पनि विशेष महाधिवेशनको प्रस्ताव गरेको आकंलन गर्न सकिन्छ ।

वि.सं.२०७९ असार २३ बिहीवार १३:२० मा प्रकाशित

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...