back
CTIZAN AD

हावाहुरीले मकैबाली नष्ट, करोडौंको क्षति

वि.सं.२०७९ असार २३ बिहीवार

1K 

shares

खोटाङ । खोटाङमा यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब रु चार करोड मूल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्याङ्कानुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो ।

लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको मकैका बोट हावाहुरीले नष्ट गर्दा करिब ३३६ दशमलव २५ मेट्रिकटन मकैको दाना क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । “हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमा ठूलो क्षति गरेको छ”, उनले भने, “मकैबालीमा भएको क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छौँ ।”

रातको समयमा चलेको हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले लगाएको मकैबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सात वडा रहेको उक्त दिप्रुङ चुइचुम्मा गाउँपालिकामा तीन हजार ५०० रोपनी क्षेत्रफल जमिनमा लगाइएको मकैबालीमा क्षति भएको हो ।

यस्तै दोस्रो ठूलो क्षति केपिलासगढी गाउँपालिकामा दुई हजार ५००, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३००, हलेसी तुवाचुङ नगरपालिकामा २५० र खोटेहाङ गाउँपालिकामा ६० रोपनी जमिनमा लगाइएको मकैबालीमा क्षति भएको जनाइएको छ । जिल्लाका अन्य पाँच स्थानीय तहमा हावाहुरीको असर सामान्य मात्र रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिए ।

जिल्लाको प्रमुख बाली मकैमा हावाहुरीले ठूलो क्षति गरेपछि भोकमरी हुनेमा किसान चिन्तित भएका छन् । मकैबालीमा सुरुको चरणमा फौजी कीराको प्रकोप देखिएको र फल्ने बेलामा हावाहुरीले क्षति गरेपछि किसान चिन्तित बनेका हुन् ।

सुक्खाग्रस्त क्षेत्र हलेसी तुवाचुङ नगरपालिकामा गत वर्ष खडेरी र यस वर्ष हावाहुरीले मकैबाली नष्ट गरेको स्थानीयवासी एवं नेकपा (माओवादी केन्द्र)का युवानेता तामन राईले जानकारी दिए । मकैबाहेक अन्य बाली कम उत्पादन हुने हलेसी तुवाचुङ नगरपालिकाका बासिन्दालाई गत वर्ष नगरपालिकाले रु एक करोड ४० लाख बराबरको खाद्यान्न खरिद गरेर वितरण गरेको थियो ।

हावाहुरीले जिल्लामा मकैबालीसँगै विभिन्न प्रजातिका फलफूलमा समेत ठूलो क्षति गरेको किसानले बताएका छन् । फलफूलमा हावाहुरीबाट पुगेको क्षतिको विवरण आउन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३९ हजार ८४५ हेक्टर जमिनमा किसानले मकैखेती गर्दै आएका छन् । जिल्लाको कूल ७५ हजार ६५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ५७ हजार ४१७ हेक्टर जमिनमा विभिन्न बालीको खेती गर्ने गरिएको ज्ञान केन्द्रका निमित्त प्रमुख राईले जानकारी दिए ।

समयमा वर्षा भएकाले विगतको तुलनामा यस वर्ष मकैबाली उत्पादनमा वृद्धि हुने किसानले अनुमान गरेका भए पनि विभिन्न प्रकोपका कारण मकैबाली भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि किसान चिन्तित बनेका छन् ।रासस

वि.सं.२०७९ असार २३ बिहीवार १३:१८ मा प्रकाशित

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

सुदूरपश्चिम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...