back
CTIZAN AD

नबिल र नेपाल बङ्गलादेश बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द(सूचनासहित)

वि.सं.२०७९ असार २३ बिहीवार

1.2K 

shares

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द हुने भएको छ । नबिल बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै दुवै बैंकको सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने जनाएको हो ।

बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गरी यही असार २७ गते सोमबारबाट एकिकृत वित्तिय कारोबार सञ्चालन गर्ने जनाएको छ । बैंकका अनुसार नेपाल बङ्गलादेश बैंकका केन्द्रिय तथा शाखा कार्यालयहरुले असार २७ गतेदेखि नबिल बैंकको प्रादेशिक/शाखा कार्यालयको रुपमा कारोबार संचालन गर्ने छ ।

उक्त सूचनामा दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २४ गते शुक्रबार कार्यालय समय पछि असार २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म नबिल बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार र २५ गते शनिबार सार्वजनिक विदाका दिन संचालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैकिङ्ग सेवा बन्द रहने उल्लेख छ ।

त्यसैगरी नेपाल बङ्गलादेश बैंकमा भने असार २३ गते बिहिबार कार्यालय समय पश्चात असार २७ गते विहान कार्यालय समय अगाडी सम्म सो बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने जनाइएको छ । सो समयमा नेपाल बङ्गलादेश बैंकका क्रेडिट कार्ड भने सञ्चालनमा रहने जनाएको छ । बैंकले यसबाट ग्राहकवर्गको सुविधाको लागि साविक नेपाल बङ्गलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्विकार गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

साविक नेपाल बङ्गलादेश बैंकले जारी गरेका डबिट/क्रेडिट/प्रिपेड कार्डहरु असार २७ गते सोमबार विहान कार्यालय समय पश्चात सुचारु हुने जनाइएको छ । साथै सो बैंकले जारी गरेका सबै प्रकारका कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकहरुलाई सुचीत गरी नयाँ कार्डहरु उपलब्ध गराउने सूचनामा उल्लेख छ ।
सूचनाः

No description available.

वि.सं.२०७९ असार २३ बिहीवार १२:५० मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...