back
CTIZAN AD

सङ्खुवासभामा डेङ्गु सङ्क्रमणबाट एक महिलाको मृत्यु

वि.सं.२०७९ असार २३ बिहीवार

759 

shares

किमाथाङ्का । सङ्खुवासभामा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । डेङ्गुको सङ्क्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल सङ्खुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए ।

अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार ५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल सङ्खुवासभामा उपचारका क्रममा मृत्यु भएको हो ।

न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा भर्ना गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

जिल्ला अस्पतालमा खाँदबारी ल्याइएपछि परीक्षण गर्दा न्यौपानेलाई डेङ्गु पुष्टि भएको थियो । न्यौपानेलाई डेङ्गुसँगै निमोनिया पनि देखिएको थियो । जिल्लामा यस वर्ष २२ डेङ्गु सङ्क्रमित भेटिएका छन् । गत वर्ष सङ्खुवासभामा ६९ डेङ्गु सङ्क्रमित भेटिएका थिए । डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । रासस

वि.सं.२०७९ असार २३ बिहीवार २१:१६ मा प्रकाशित

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

यातायात कार्यालय इलामले उठायो झण्डै १५ करोड राजस्व

इलाम ।  यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८२/८३...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...