back
CTIZAN AD

‘जापानी पूर्वप्रधानमन्त्रीको निधनमा राष्ट्रिय शोक मनाउने यो कहाँको कुटनीति हो ?’

वि.सं.२०७९ असार २५ शनिवार

1K 

shares

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक घोषणा गरेकोमा आपत्ति जनाएका छन् ।

शुक्रबार सार्वजनिक कार्यक्रममा भाषण गर्ने क्रममा एक व्यक्तिले गोली हानेर हत्या गरिएका आवेको निधनमा जापानी जनताप्रति समवेदना प्रकट गर्नु स्वभाविक रहेपनि राष्ट्रिय शोकै घोषणा गरेर गठबन्धन सरकारले झुक नीतिको अर्को दृष्टान्त देखाएको आरोप लगाएका छन् ।

‘जापानका पूर्व प्रमं आवेको हत्या निन्दनीय छ । नेपाल सरकारले त्यस्तो हत्याको निन्दा र जापानी जनताप्रति समवेदना प्रकट गर्नु स्वाभाविक हो । तर कुनै देशका पूर्व प्रमंको मृत्युमा राष्ट्रिय शोक मनाउने गठबन्धन सरकारले कहाँको कूटनीति ल्यायो ? यो चाकरी र झुकनीतिको अर्को दृष्टान्त मात्र हो ।’ रावलले सामाजिक संजाल ट्विटरमा लेखेका छन् ।

वि.सं.२०७९ असार २५ शनिवार १३:३० मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...