back
CTIZAN AD

आयात गर्नुभन्दा उद्योग स्थापना गर्न पालिकाका प्रमुखहरूको आग्रह

वि.सं.२०७९ असार २६ आइतवार

714 

shares

दमौली । तनहुँका विभिन्न पालिकाका प्रमुखहरूले सरकारी र निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव रहेको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय सरकारसँग निजी क्षेत्रको सम्भावना र सहकार्यसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले निजी क्षेत्र विकासको एउटा खम्बा भएकाले स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्नुपर्ने बताए । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले निजी क्षेत्रसँग सहकार्य गरी व्यासका पर्यटकीयस्थलको प्रवद्र्धन र विकासमा काम गर्न इच्छुक रहेको बताए ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी क्षेत्रसँग सहकार्य गरी गाउँपालिकाका पर्यटकीयस्थलको विकास गर्न तयार रहेको बताए । उनले भने, “वस्तु आयात गरी बिक्री गर्नुभन्दा उद्योग स्थापना गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्योग वाणिज्य सङ्घले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै यसका लागि सहकार्य गर्न आफूहरु तयार रहेको बताए । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले निजी क्षेत्र र स्थानीय सरकारको सहकार्यबाट विकास सम्भव रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महिला उद्यमी सभापति शकुन्तला आलेलगायतले निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । सो अवसरमा जिल्ला समन्वय समिति, विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरूलाई सम्मान गरिएको थियो ।

क्यान्सरपीडितलाई एक लाख २५ हजार सहयोग

क्यान्सरपीडित व्यवसायी बरुण भट्टराईको उपचारका लागि उद्योग वाणिज्य सङ्घले आर्थिक सहयोग गरेको छ । सङ्घ विमलनगर एकाइमा आबद्ध भट्टराईको उपचारमा सहयोग पु¥याउन सहयोग गरिएको हो ।

उक्त रकम सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शनिबार एकाइ सभापतिमार्फत हस्तान्तरण गरे । क्यान्सरपीडित भट्टराईको काठमाडौँमा उपचार भइरहेको छ । व्यवसायीलाई दुःख परेका बेला केही राहत होस् भन्नका लागि सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । सङ्घले स्थापना गरेको भलाई कोषमार्फत उक्त रकम सहयोग गरिएको हो । सो कोषमार्फत सङ्घले बिरामी भएका व्यवसायी र मृत्यु भएका व्यवसायीका परिवारलाई सहयोग गर्दै आएको छ ।

वि.सं.२०७९ असार २६ आइतवार १३:०९ मा प्रकाशित

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा । सरद्धकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल,...

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...