back
CTIZAN AD

‘बगैँचामा व्यस्त रहँदा मानसिक स्वास्थ्य सबल हुनसक्छ’

वि.सं.२०७९ असार २६ आइतवार

804 

shares

काठमाडौँ । बोटविरूवा वा फूलपात लगाएर बगैँचामा आफूलाई व्यस्त तुल्याउँदा मानसिक स्वास्थ्य सबल हुनसक्ने सुझाव हालै गरिएको एउटा नयाँ अनुसन्धानले दिएको छ ।

बगैँचामा पहिले कहिल्यै काम नगरेकाहरूले पनि बिरुवाहरूसँग काम गर्दा मानसिक स्वास्थ्यलाभ गर्न सक्ने फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानले देखाएको हो ।

प्लोस वान जर्नलमा प्रकाशित प्रतिवेदनअनुसार फूलबारी वा बगैँचामा आफूलाई व्यस्त राख्दा तनाव, चिन्ता र मानसिक चिन्ता कम हुनेछ । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले सहभागी गराएका स्वस्थ महिलामा मानसिक चिन्ता अतिकम भएका पाए । साताको दुईपटक बगैँचा वा फूलबारीसम्बन्धी गतिविधिमा सरिक भएका २६ देखि ४९ वर्षका ३२ महिलामाथि गरिएको अध्ययनले उनीहरू चिन्तामुक्त भएको देखायो । अध्ययनमा सहभागी गराइएका महिलाले यसअघि फूलबारी वा बगैँचामा काम गरेका थिएनन् ।

विगतका अध्ययनहरूले पनि बगैँचामा काम गर्दा विद्यमान चिकित्सा अवस्था वा चुनौती भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गरेको थियो । पछिल्लो अध्ययनले पनि स्वस्थ मानिसले बगैँचा वा फूलबारीमा काम गर्दा मानसिक स्वास्थ्यलाभ पाउनसक्ने अध्ययनका प्रमुख अन्वेषक चाल्र्स गायले बताएका छन् ।

अनुसन्धानमा सहभागीमध्ये आधालाई बगैँचाको काम तोकिएको थियो भने आधालाई कला–निर्माणका काममा खटाइएको थियो । दुवै समूहले एकअर्कालाई हप्तामा दुई पटकमात्र भेटेका थिए । उनीहरूको व्यवहार, बोलीचाली र आफू सम्बद्ध समूहका अनुभव र अध्ययनको तर्कपूर्ण प्रस्तुतिले मानसिकरूपमा स्वास्थ्यमा समान सुधार आएको पाइयो । उनीहरूमा रचनात्मक ढङ्गले काम गर्ने, काममा रमाउने, फूल तथा बोटविरूवा योजनाबद्ध रूपमा लगाउनेजस्ता सकारात्मक सोचको विकास भएको पनि पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।ऐजेन्सी

 

वि.सं.२०७९ असार २६ आइतवार १७:०५ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...