back
CTIZAN AD

अर्थतन्त्र अप्ठेरोमा छ : अध्यक्ष गोल्छा

वि.सं.२०७९ असार २६ आइतवार

777 

shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावले ऋण प्रवाह नहुँदा अर्थतन्त्र अप्ठेरोमा रहेको बताएका छन् । महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

अध्यक्ष गोल्छाले तरलताको चु्नौतीका कारण साना व्यवसायी अप्ठेरोमा रहेको बताए । उनले व्यवसायीलाई राहत पुग्ने खालको मौद्रिक नीति ल्याउनु पर्ने धारणा राख्दै डलरको दर, पेट्रोलियम बढ्दो मुल्य, ब्याज दरका कारण मूल्यवृद्धि माथी पुगेको बताए ।

अध्यक्ष गोल्छाले राष्ट्र बैंकबाट केहि करेक्टिभ मिजर्स लिनु पर्ने बताए । उनले व्याज दर कमबाट माथी पुगेको बताउदै धान्न नसक्ने खालको भएको बताए । अध्यक्ष गोल्छाले बैंकहरुले कायम गर्नुपर्ने तरलता अनुपात घटाउन सुझाव दिए । उनले अनुत्पादक क्षेत्रमा जाने ऋणलाई रोक्दा राजस्व प्रभावित हुने भन्दै सन्तुलित नीति लिन सरकारलाई आग्रह गरेका छन्् ।

अध्यक्ष गोल्छाले शतप्रतिशत मार्जिनलाई पुनर्विचार गर्न भन्दै यसबाट बैंकहरु मात्र लाभान्वित भएको बताए । उनले यस्तो निर्णय वाणिज्य मन्त्रालयलाई गर्न दिनु पर्ने बताए ।

वि.सं.२०७९ असार २६ आइतवार १७:२९ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...