back
CTIZAN AD

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

वि.सं.२०८३ वैशाख ७ सोमवार

738 

shares

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो कार्यकालको बाँकी अवधिमा प्राथमिकता दिनुपर्ने विषय र महासंघको भूमिकाबारे जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ।

महासंघले स्थानीय सरकारले आगामी एक वर्षभित्र पूरा गर्नुपर्ने मुख्य विषयहरू प्रस्तुत गरेको हो। महासंघका अनुसार स्थानीय तहहरूले सुरु गरेका विभिन्न अभियानहरू, अधुरा आयोजना तथा नीतिगत सुधारका कामलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको महासंघ अध्यक्ष लक्ष्मी पाण्डेले बताइन्।

महासंघले स्थानीय सरकारलाई पाँच वर्ष र दश वर्षको उपलब्धिको अभिलेख तथा प्रगति विवरण तयार गर्न उनले आग्रह गरिन। निर्वाचित भएर पदभार ग्रहण गर्दा रहेको अवस्था (बेसलाइन) र पाँच वर्षपछि भएको प्रगति (एन्डलाइन) विवरण तयार गरी दस्तावेजीकरण गर्नुपर्नेछ। यसका लागि महासंघले टेम्प्लेट तयार गर्ने र सबै गाउँपालिका तथा नगरपालिकालाई मार्गदर्शन गर्ने उनले बताइन्।

महासंघले सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधार, PFM Reform Strategy को स्थानीयकरण, असल अभ्यासको प्रचारप्रसार तथा संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षणलाई पनि प्राथमिकतामा राखिएको छ। महासंघले नेपाल सरकारले जारी गरेको मापदण्डअनुसार सबै स्थानीय तहले O&M Survey सम्पन्न गर्नुपर्ने जनाएको छ ।

कार्यक्रममा गाउँसभा, कार्यपालिका र समितिको प्रणालीलाई सुदृढ गर्नुपर्ने, समितिको कार्यविधि बनाउने, गाउँसभा सञ्चालन कार्यविधि पारित गर्ने र सभाको सचिवालय व्यवस्थित गर्नुपर्ने विषयमा सहजीकरण गरेको महासंघका महासचिव खिमबहादुर थापाले बताए।

स्थानीय सरकारले हालसम्म जारी गरेका कानुनहरू संघ र प्रदेश सरकारमा अभिलेखीकरण गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै महासंघले आगामी एक वर्षभित्र सबै कानुन अभिलेखीकरण गर्ने कार्यलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।

साथै, जारी भएका कानुनहरूको पुनरावलोकन, एकरूपता र अद्यावधिक गर्ने कार्यलाई पनि महत्त्व दिनुपर्ने उनले बताए। अबको बाँकी अवधिमा अहिलेसम्म गरेका कामलाई शुत्रबद्ध र व्यवस्थित गर्नुपर्ने छ । गरेका कामलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सके प्रभावकारी हुने थापाले बताए।

महासंघले स्थानीय सरकारलाई चालु कार्यकालको बाँकी अवधिमा सुरु भएका अभियान पूरा गर्ने, तथ्यांक र उपलब्धि व्यवस्थित गर्ने, वित्तीय सुधारलाई अगाडि बढाउने तथा कानुनी र संस्थागत व्यवस्थालाई मजबुत बनाउने दिशामा काम गर्न थापाले आग्रह गरे।

पाल्पास्थित १० वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय, लेखा शाखा प्रमुख, लेखा समिति संयोजकको सहभागिता रहेको थियो।

कार्यक्रममा महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले सहजीकरण गरेका थिए।

यस खालको कार्यक्रम अहिलेसम्म ४७ जिल्लामा सम्पन्न गरेको उनले बताए।

वि.सं.२०८३ वैशाख ७ सोमवार १७:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...