back
CTIZAN AD

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

वि.सं.२०८३ वैशाख ७ सोमवार

594 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाउने भएको छ । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहसँग भएको सहमति अनुसार भूपदेवलाई महामन्त्री बनाउन लागिएको हो ।

बालेन काठमाडौं महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए । फागुन २१ को निर्वाचनमा अछाम-२ बाट उम्मेदवार उनी पराजित भएका थिए । त्यतिबेला बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी थियो । तर उनी अहिले भौतिक पूर्वाधारमन्त्री भएकाले लम्सालको ठाउँमा भूपदेवलाई ल्याउन लागिएको हो ।

रास्वपाको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बस्दै छ । उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि उक्त पद पनि खाली छ ।

वि.सं.२०८३ वैशाख ७ सोमवार १७:१९ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...