back
CTIZAN AD

करको दर हेरफेर प्रकरण : तथ्य नभेटाएपछि छानबिन समितिलाई थपियो एक साता

वि.सं.२०७९ साउन ५ बिहीवार

1.1K 

shares

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेर गरिएको प्रकरणमा छानबिनका लागि गठन गरिएको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । बिहीबार कार्यावधि थप गर्न माग गर्दै गरिएको प्रस्तावलाई संसदले पारित गरेको हो । संसदीय छानबिन विशेष समितिको कार्यावधि सात दिनका लागि थप गरिएको छ ।

गत असार २२ मा गठन गरिएको समितिले असार २८ गतेदेखि कार्य थालेको थियो । कार्य थालनीदेखि १० दिनसम्मको समय दिइएको समितिले तथ्य नभेटेपछि समय थप गर्न सभामुख अग्निप्रसाद सापकोटा समक्ष माग गरेको थियो । समितिको मागअनुसार बिहीबार एक साताको कार्यावधी थप गरिएको हो ।

तर, गठन भएको दुई साता नाघिसक्दा र कार्य थालनी गरेको १० दिन नाघिसक्दा पनि संसदीय समितिले कुनै तथ्य फेला पारेको छैन । बिहीबार समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो । पूर्वअर्थमन्त्री शर्माले स्थापित विधि र सिद्धान्त बाहिर गएर बजेट निर्माण नभएको स्पष्टोक्ती दिएका छन् । उनले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएको विषय तथ्य संगत नभएको पनि दाबी गरेका छन् ।

समितिसँग अब मेटिएको भनिएको हार्ड डिक्सबारे रिपोर्ट के आउँछ भन्ने मात्रै विकल्प छ । विधि विज्ञान प्रयोगशालामा लगिएको हार्डडिस्कबाट तथ्य भेटिएमात्रै कारबाही प्रक्रिया अगाडि बढ्छ । तर, छानबिन समितिले तथ्य भेटाउने सम्भावना न्यून रहेको विज्ञहरुको भनाई छ ।

वि.सं.२०७९ साउन ५ बिहीवार १६:४३ मा प्रकाशित

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...