back
CTIZAN AD

चियाको गुणस्तर मापन यन्त्र स्थापना गर्न माग

वि.सं.२०७९ साउन ५ बिहीवार

1K 

shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।”

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताए । सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत प्रोत्साहन गर्नुपर्छ भने । “नेपाली चियाको इतिहासमा इलामलाई बिर्सन हुँदैन, बढीभन्दा बढी किसानलाई चिया खेतीमा लाग्न प्रोत्साहन गर्नुपर्छ”, उनले भने, “चियाको उत्पादन, सङ्कलन र प्रशोधनमा लागेका उद्यमीलाई पनि राज्यले सहयोग गर्नुपर्छ ।”

सांसद खनालले १६ हजार साना किसान चिया खेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गरे ।

सांसद पार्वता सिडी चौधरीले खेतीपाती गर्ने समयमा सरकारले बेलामै मलका व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । “किसानले मत पाएका छैनन्, समयमा मल पाए मात्र उत्पादन बढाउन सक्छ, उत्पादन बढेमात्रै राष्ट्रिय उत्पादनमा वृद्धि हुनसक्छ”, उनले भने, “सरकारले मल ल्याउनुपर्यो कि किसानले ल्याएको मल सरकारले रोक्न हँुदैन ।”

वि.सं.२०७९ साउन ५ बिहीवार १६:३७ मा प्रकाशित

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...