back
CTIZAN AD

मन्त्री पौडेल भन्छन्-विश्वविद्यायमा तालाबन्दी गर्ने कार्य अस्वीकार्य

वि.सं.२०७९ साउन ५ बिहीवार

855 

shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । काठमाडौं विश्वविद्याय, व्यवस्थापन शङ्काय र खबर एजुकेशन डटकमले आज आयोजना गरेको उच्चशिक्षाको समस्या र समाधान विषयक छलफलमा उनले कुनै समस्या भएमा विश्वविद्यायको नेतृत्वसँग वार्तामा बसेर समाधान गर्न र नियमित पठनपाठनमा असर पर्नेगरी तालाबन्दी नगर्न विद्यार्थी तथा प्राध्यापक पक्षसँग आग्रह गरे ।

मन्त्री पौडेलले सो क्रममा थप समस्या आएमा सहजीकरणका लागि मन्त्रालय तयार रहेको तर तालाबन्दी प्रथालाई मान्यता दिन मन्त्रालय असमर्थ रहने स्पष्ट गरे । उनले मुलुकभित्रका विश्वविद्यालयमा सर्वसुलभ, गुणस्तर र अनुसन्धानमुखी शिक्षा विस्तार गरेर पढ्न र कामका लागि युवा विदेशिने क्रम न्यून गर्नुपर्नेमा पनि जोड दिए । मन्त्री पौडेलले विश्वविद्यालय र विद्यालय तहलाई एकआपसमा जोड्ने, स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले वर्षमा ९० दिन विद्यालयमा इन्टरर्नसिप गर्ने गरी कार्यविधि ल्याइने र विश्वविद्यालयको नियमनका लागि उच्चशिक्षा ऐन ल्याइने जानकारी दिए ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थी भिसामा विदेश जाने युवामध्ये १० प्रतिशतले मात्रै विदेशमा अध्ययन गर्ने भएकाले तिनलाई स्वदेशमै टिकाउनु चुनौतीपूर्ण भएको बताए । अर्का शिक्षाविद् डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयलाई स्वायत्त र प्रतिस्पर्धीरुपमा सञ्चालन गर्न सुझाव दिए ।

उच्चशिक्षा तथा विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले उत्कृष्ठ शिक्षा नेपालमै सम्भव गराउन आफूहरु लागेको र राज्य एवं नेतृत्व तहबाट पनि सोहीअनुसारको कार्यान्वयवन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विभिन्न विश्वविद्यालय उपकुलपतिहरुले आफूहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र विविध दबाबका कारण स्वायत्तता र सुरक्षाको अनुभूति नभएको गुनासो गरेका थिए ।

यसरी चिन्ता व्यक्त गर्नेहरुमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा यादवप्रकाश लामिछाने, मध्यश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्दबहादुर सिंह, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा पुण्यप्रसाद रेग्मी, गण्डकी विश्वविद्यालय, बोर्ड अफ ट्रष्टीका सदस्यसचिव डा गणेशमान गुरुङलगायत रहेका थिए ।

वि.सं.२०७९ साउन ५ बिहीवार १६:३७ मा प्रकाशित

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...