back
CTIZAN AD

राप्रपाले उपत्यका केन्द्रित जनसंघर्षका कार्यक्रम गर्ने, यस्ता छन् अन्य निर्णय

वि.सं.२०७९ साउन ८ आइतवार

942 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपत्यका केन्द्रीत जनसंघर्षका कार्यक्रम संचालन गर्ने भएको छ ।

उक्त पार्टीको साउन ५, ६ र ७ गतेसम्म बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले जनजीवीकाको सवाल, राष्ट्रियता, प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य, संबैधानिक राजसंस्था र वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका विषयमा जारी आन्दोलनलाई साउनभरी निरन्तर जारी राख्ने तथा भदौमा उपत्यका केन्द्रीत जनसंघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तीतो अनुभवलाई मध्यनजर गर्दै, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा माग गर्दछ ।’ बैठकको निर्णयको बुँदा नं २ मा भनिएको छ ।

त्यसैगरी अत्यधिक महँगीका कारण आम सर्वसाधारण प्रताडित भएको र जनताको दैनिकी तथा अर्थ व्यवस्थामा नकारात्मक असर परेको हुनाले पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, दैनिक सेवा, सुविधा र उपभोग्य वस्तुको मूल्य वृद्दि नियन्त्रण र प्रभावकारी अनुगमन गर्न र अति गरिब एवं असहायलाई राहत उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

No photo description available.

No photo description available.

 

वि.सं.२०७९ साउन ८ आइतवार ०८:१४ मा प्रकाशित

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...