काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९’ पारितका लागि पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँडले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव, कारागार विधेयक, २०७८ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
वि.सं.२०७९ साउन ८ आइतवार ०८:३२ मा प्रकाशित






























