back
CTIZAN AD

कहाँ पुग्यो पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन ?

वि.सं.२०७९ साउन ८ आइतवार

855 

shares

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले छानबिन थालेको झण्डै दुई साता पुगेको छ । दुई साताको बीचमा समितिले अर्थमन्त्रालयका उच्च तहका कर्मचारीदेखि पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ । योबीच संसदीय समितिले अर्थमन्त्रालयको फुटेजबारे पनि अध्ययन गरेको छ ।

तर, दुई साता पुग्दा पनि समितिले पूर्वअर्थमन्त्री शर्माविरुद्ध कुनै ठोस तथ्य भने भेटाएको छैन् । जसलाई हेर्दा, छानबिन आरोपलाई पुष्टि गर्ने बाटोमा देखिन्न ।

गत असार २२ मा गठन भएको समितिले असार २८ देखि कार्य थालेको थियो । कार्य थालनीदेखि १० दिनसम्मको समय पाएको समितिलाई समय अपुग भएको भनेपछि संसदले गत असार ५ मा थप एक साताको समय थप गरेको थियो । तर, योबीचमा पनि समितिले ठोस प्रगति गर्न सकेको छैन् ।

समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेजबाट कुनै पनि तथ्य भेटाउन सकेन । अब समितिले सिंहदरबारको दुई वटा गेट (दक्षिण र पश्चिम)को सीसीटीभी फुटेज मगाएर अध्ययन गर्ने भएको छ । छानबिन समितिका एक सदस्यले जानकारी दिएअनुसार अर्थमन्त्रालयको सीसीटीभीबाट तथ्य फेला नपरेपछि सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरिएकाे हाे ? तर, दुवै गेटको सीसीटीभी फुटेको क्षमता पनि १३ दिनभन्दा बढी नभएको बताइएकाे छ ।

अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठनपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । शर्माले छानबिनलाई सहयोग गर्न भन्दै संसदबाटै राजीनामा घाेषणा गरेका थिए । तर, अहिलेसम्मकाे छानबिनलाई हेर्दा आरोप मात्रै लगाएकाे देखिएकाे छ ।

सम्बन्धित समाचार

करको दर हेरफेर प्रकरण : तथ्य नभेटाएपछि छानबिन समितिलाई थपियो एक साता

वि.सं.२०७९ साउन ८ आइतवार १६:१८ मा प्रकाशित

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...