back
CTIZAN AD

प्रदेश प्रज्ञाप्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

वि.सं.२०७९ साउन ८ आइतवार

780 

shares

विराटनगर । प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गरेकी हुन् । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ ।

‘प्रदेश सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सञ्चार माध्यमलाई व्यवस्थित गर्न विधेयक उपयोगी हुने बताए । गलत वा मिथ्या समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई विधेयकले दण्डनीय बनाउने भन्दै उनले पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने आदिवासी, जनजाति, महिला र दलितलाई विधेयकले प्रोत्साहन गर्ने दावी गरिन ।

बैठकको विशेष सयममा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सबै चासो र जनहितका लागि निकै महत्वपूर्ण मानिएको सुनसरीको दुहबी र इनरुवा सडकलाई स्तरोन्नति गर्नुपर्ने माग गरे । उनले दिनप्रतिदिन सवारी चाप बढेको र अधिक सवारी चापले बाटो जीर्ण हुँदै गएकाले सडकको स्तरोन्नती गर्न प्रदेश सरकारले ठोस् कदम चाल्नुपर्नेमा जोड दिए । विगतका बहुवर्षीय योजना अहिले निर्माण कम्पनीले धमाधम छाड्ने अवस्था सिर्जना भएको सम्बन्धमा प्रदेश सरकारले जवाफ दिनुपर्ने भन्दै नेता कोइरालाले किसानले समयमै मलखाद र बीउबिजन पाउन ठोस् उपाय निकाल्नुपर्ने धारणा राखे । प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

 

वि.सं.२०७९ साउन ८ आइतवार १६:०१ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...