back
CTIZAN AD

निपेश ढाका फाउण्डेसनमार्फत कौशीला लोहारलाई अक्सिजन मेसिन हस्तान्तरण

वि.सं.२०७९ साउन ८ आइतवार

1.7K 

shares

खाँडचक्र नगरपालिका – १, कालिकोट, कर्णाली निवासी ६४ बर्षिय कौशीला लोहारलाई अक्सिजन ग्याँस उत्पादन गर्ने मेसिन Oxygen Concentrator मशिन हस्तान्तरण गरिएको छ ।

स्वयम्भुमा मेडिकल सञ्जालन गरिरहेका कृष्ण थापा (Krishna Thapa) ले किनेर उपलब्ध गराएको उक्त मेसिन निपेश ढाका फाउण्डेसनमार्फत हस्तान्तरण गरिएको हो ।

वातावरणविद् तथा फाउण्डेसनका संरक्षक निपेश ढाकाका अनुसार विगत लामो समय देखि उपचारभै केहि दिन अगाडि मात्र टिचिङ हस्पिटल महाराजगञ्जबाट डिस्चार्ज भएर गार्कोको एक पाटीमा वास बिताई राखेको अवस्थामा भेटिएकी लाहोरलाई दैनिक २० घण्टा अक्सिजन दिइरहनु पर्ने भएकाले Oxygen Concentrator मसिन हस्तान्तरण गरिएको जानकारी दिए । लोहारको छोरा विहानी वि=कका अनुसार ८०० मा भरेको अक्सिजन सिलिण्डरले ३६ घण्टामात्र पुग्ने गरेको थियो । अब यो मसिन भरिराख्नु नपर्ने रिचार्ज गरे हुने हुँदा जिन्दगीभरलाई अक्सिजन लिन सहज हुने फाउण्डेसनका संरक्षक ढाकाले बताए ।

विहानी वि.क द्वन्द्व पीडित हुन् । माओवादी द्धन्दकालमा उनले आफ्नो खुट्टा र श्रीमतीले दुवै आँखा गुमाएका छन् ।

बिरामी आमालाई पार्टीमा लिएर बसेको करुणादायी अवस्था उनको परिवारलाई भेटपछि कसरी सहजिकरण गर्न सकिन्छ भनेर आफूले उनीहरुले गीत गाएको भिडियो सामाजिक सञ्जालमार्फत शेयर गरेको र फोनबाट केही साथीहरुलाई भनि सहयोग जुटाउन सुरु गरेको  ढाकाले बताए ।

Oxygen Concentrator ले मेसिन नै किनेर हस्तान्तरण गर्ने योजना बनाए पछि साउन सात गते शनिबार मनमोहन मेमोरियल अस्पताल सितापाईलामा कौशीला लोहार र उनको परिवारको साथमा सो इहथनभल ऋयलअभलतचबतयच मेसिन हस्तान्तरण गरिएको उनले बताए ।
लाहोरको हेरचाह र थप आवश्यक सामाग्रीको व्यवस्था ढाका फाउडेसनले नै गर्ने जानकारी दिँदै ढाका भन्छन् ‘अब उहाँको हेरचाह र अन्य थप आवश्यक सामाग्री पनि उपलब्ध गराई उहाँलाई कालीकोट मान्मा उहाँकै निवासमा यो सुविधा पाउनुहुनेछ । यसको व्यवस्था र निगरानी निपेश ढाका फाउण्डेशनले छ ।’

वि.सं.२०७९ साउन ८ आइतवार १५:५४ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...