काठमाडौं । बुटवलमा अफिसै सन्चालन गरेर अनौठो ठगी धन्दामा लागेका डेढसय जना एकैपटक पक्राउ परेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा ब्लु स्काइ कल सेन्टर खोलेर ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले ७ संचालकसहित डेढसय युवायुवती पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीका अनुसार विदेशीहरुको समेत संलग्नतामा खोलिएको उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइल, ह्वाट्सप, भाइवर, फेसबुक लगायतमा चिट्ठा प¥यो भन्दै म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने र ठगी गर्ने गरेको पाइएको छ ।
उनीहरुले जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालयनै संचालन गरेर यस्तो ठगी धन्दा गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरुले आफु जवलिंकमार्फत् उक्त कम्पनीमा जोडिएको प्रहरीलाई बताएका छन् ।
वि.सं.२०७९ साउन ८ आइतवार १५:५१ मा प्रकाशित






























