काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन् ।
आइतबार संसदमा पत्रकारसँग कुरा गर्दै तत्काल कुनै पार्टीसँग पनि एकता नहुने बताउँदै चार पार्टी मिलेर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको र चुनावमा मोर्चा बनाएर जाने बताए ।
‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं ।’ नेता पुनले भने ।
उनले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने समेत बताए ।
‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ नेता पुनले भने ।
‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ । प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ उनले थपे, ‘एमाले कता जाने उसैले निर्णय गर्ला ।’ नेता पुनले भने ।
वि.सं.२०७९ साउन ८ आइतवार १५:३१ मा प्रकाशित






























