काठमाडौं । सनराइज बैंकको खुद नाफा ४८.६९ प्रतिशतले बढेको छ । वित्तीय विवरणअनुसार बैंकले आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।
बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४४ करोड खुद नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षमा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । विवरणअनुसार बैंकले सोही अवधिमा १ खर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा असार मसान्तसम्ममा २५ करोड ६१ लाख रुपैयाँ छ । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको हो । बैंकको प्रतिशेयर आम्दानी अघिल्लो आर्थि वर्षमा आम्दानी ६ रुपैयाँ ०१ पैसार बढेर २१ रुपैयाँ २६ पैसा पुगेको छ ।
वि.सं.२०७९ साउन ८ आइतवार १५:२८ मा प्रकाशित





























