back
CTIZAN AD

दार्चुलामा उद्योगदर्ता बढ्दै, जिल्लाभर उद्योगको सङ्ख्या दुई हजार भन्दा बढी

वि.सं.२०७९ साउन ८ आइतवार

729 

shares

दार्चुला । जिल्लामा उद्योग दर्ता गर्ने क्रम बढेको छ । विभिन्न क्षेत्रबाट अनुदान रकम आउन थालेपछि पछिल्लो समय उद्योग दर्ता गर्ने क्रम बढेको हो । जिल्लाभर उद्योगको सङ्ख्या दुई हजार ३५३ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४९९ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी गणेश गिरीले जानकारी दिए ।

आर्थिक वर्ष २०७७÷७८ मा जिल्लामा एक हजार ८५४ उद्योग दर्ता भएको थियो । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा १३९ वाणिज्य पसल दर्ता भएको थियो । गत वर्ष ११२ उद्योग नवीकरण भएका थिए । सात वटा उद्योगको पुँजी वृद्धि, तीन उद्योग ठाउँसारी, १५ उद्योग नामसारी र सात उद्योगका उद्देश्य थप गरिएको थियो ।

वाणिज्यतर्फ २८७ पसल नवीकरण, २५ संशोधन, १३ खारेजी, ३९ प्रतिलिपि, चार ठाउँसारी र एकको शाखा स्थापना भएको सूचना अधिकारी गिरीले बताए । उक्त कार्यालयले गत आर्थिक वर्षमा रु १० लाख १३ हजार ७१५ राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालूतर्फ कूल रु दुई करोड पाँच लाख बजेट रहेकामा रु एक करोड ४६ लाख ३७ हजार ४१३ खर्च भएको थियो। यस्तै पँुजीगततर्फ कूल रु ८१ लाख ४३ हजारमध्ये रु ७१ लाख ३० हजार ४४२ खर्च भएको कार्यालयले जनाएको छ ।

मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक

मालिकार्जुन गाउँपालिकाले सार्वजनिक स्थानमा मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभरिका सार्वजनिक स्थानको १०० मिटरभित्र मदिरा तथा सूर्तीजन्य वस्तु बिक्री वितरणमा रोक लगाएको हो ।

मदिरा बिक्री वितरण ऐन २०३१ तथा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ बमोजिम सार्वजनिक स्थानको कम्तीमा १०० मिटरभित्र बिक्री वितरणमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष हीरासिंह धामीले जानकारी दिए । गाउँपालिकाले वडा कार्यालय, पालिका कार्यालय, विद्यालय क्षेत्र वरपर मदिरा तथा सूर्तीजन्य वस्तु बिक्रीवितरण तथा ओसारपसारमा पनि बन्देज लगाएको छ । यसअघि वडा नं ५ मा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । मदिराका कारण समाजमा विकृति बढ्दै गएकाले रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७९ साउन ८ आइतवार १५:२८ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...