back
CTIZAN AD

एसपीपीले विवाद : पत्र पठाउन प्रचण्ड–माधवको दबाब, तर टेर्दैनन् देउवा

वि.सं.२०७९ साउन ९ सोमवार

828 

shares

काठमाडौं । चौतर्फी दबाब र विरोध पछि सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्मार्फत निर्णय गरिएको भएपनि सरकारले औपचारिकरूपमा अमेरिकालाई अस्वीकार गरिएको पत्र भने पठाएको छैन । सरकारले अमेरिकालाई पत्र पठाउने विषयमा आलटाल गर्दै आएको छ ।

औपचारिक पत्र पठाउने विषयमा किन आलटाल भयो त ? यसको सिधा जवाफ हो, प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकालाई पत्र पठाउने विषयमा इच्छुक छैनन् । देउवाको असहमतीका कारण सरकारको तर्फबाट औपचारिकरूपमा पत्रचार हुन सकेको छैन् ।

पत्र नपठाएसँगै अहिले पाँच दलीय सत्ता गठबन्धनभित्र ठूलो अविश्वास र विवाद देखा परेको छ । सत्ता साझेदार दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी निःशर्त पत्र पठाउनुपर्ने अडानमा देखिन्छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पटक–पटक देउवालाई भेटेरै पत्र पठाउन अनुरोध पनि गरेका छन् । तर, देउवाले दुवैका अनुरोधलाई टेरेका छैनन्।

“केही दिन अघि पनि प्रचण्डजी र मैले प्रधानमन्त्रीलाई भेटेर एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई पठाउन पुनस् अनुरोध गरेका थियौं तर उहाँले अझै पत्र पठाउनु भएको छैन्”, अध्यक्ष नेपालले एक कार्यक्रममा भनेका छन्, “यो पत्र तत्काल पठाएर नेपाल असंल्गन परराष्ट्र नीतिको अडानमा रहनुपर्छ, कुनै सैन्य गठबन्धनमा रहनु हुन्न् ।”

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा पनि अमेरिकालाई पत्र पठाउने निर्णय कार्यान्वयन गर्न सांसदहरुले निरन्तर माग राख्दै आएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ नै गर्नुपर्ने मागसमेत सांसदहरुले संसद बैठकमा राखेका छन् । तर, सरकारले भने संसदमा उठेको उक्त विषयलाई पनि वेवास्ता गरिदिएको छ ।

गत ६ असारमा बसेको मन्त्रीपरिषद् बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । एसपीपी सैन्य गठबन्धनको अंग भएको भन्दै तीब्र आलोचना भएपछि सरकारले मन्त्रिपरिषद् बैठकमार्फत सो सहमति नगर्ने निर्णय लिएको थियो । तर, मन्त्रिपरिषद्ले निर्णय गरेको एक महिना बित्दासमेत सरकारले पत्रचार गरेको छैन ।

वि.सं.२०७९ साउन ९ सोमवार १२:३० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...