back
CTIZAN AD

राप्ती हाइड्रोको आईपिओ बाँडफाँड

वि.सं.२०७९ साउन ९ सोमवार

858 

shares

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको आईपिओ आज सोमबार बाँडफाँड भएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज बिहान आफ्नै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

कम्पनीकाे आईपिओमा कुल १४ लाख ९१ हजार ७ सय २२ जनाबाट १ करोड ६२ लाख ७६ हजार ६ सय १० कित्ताको आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १४ सय २४ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १४ लाख ९० हजार २ सय ९८ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट २ लाख १७ हजार ६ सय ९४ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ७४ हजर २८ जना आवेदक हात खाली भएका छन् ।

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयका लागि आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्वसाधारणलाई निष्काशन गरेको हो ।

सर्वसाधारणका लागि निष्काशन गरिने २३ लाख ६६ हजार २ सय ४० कित्ता मध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । त्यस्तै ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

राप्ती हाइड्रोको आईपीओ बाँडफाँडको मिति तोकियो

वि.सं.२०७९ साउन ९ सोमवार १२:४३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...