back
CTIZAN AD

११ महिनामा वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्या

वि.सं.२०८३ असार ८ सोमवार

456 

shares

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन–जेठ) मा नेपालको कुल वैदेशिक व्यापारमा वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको हो । गत वर्षको ११ महिनामा यस्तो व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ बराबरको थियो ।

वैदेशिक व्यापारको आकार बढेसँगै देशको व्यापार घाटामा पनि १५.६७ प्रतिशतको उच्च वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मात्रै नेपालले १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ ।

आयात र निर्यात दुवैमा वृद्धि

भन्सार विभागले सार्बजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ११ महिनामा आयात १५.१६ प्रतिशतले बढेर १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो ।

त्यस्तै, यस अवधिमा निर्याततर्फ पनि केही सुधार देखिएको छ । गत वर्ष २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा यस वर्ष १२.२८ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । निर्यात बढे तापनि आयातको विशाल आकारका कारण व्यापार घाटा नियन्त्रण बाहिर देखिएको हो ।

आयात–निर्यात अनुपात अझै प्रतिकूल

तथ्यांक अनुसार नेपालको आयात र निर्यातको खाडल अझै गहिरिँदै गएको छ । गत वर्ष १ रुपैयाँ बराबरको वस्तु निर्यात गर्दा ६.६४ रुपैयाँको सामान आयात हुने गरेकोमा यस वर्ष आयात÷निर्यात अनुपात २.५६ प्रतिशतले बढेर ६.८१ पुगेको छ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि गत वर्षको १३.०८ प्रतिशतबाट घटेर १२.८० प्रतिशतमा खुम्चिएको छ भने आयातको हिस्सा ८६.९२ प्रतिशतबाट सामान्य बढेर ८७.२० प्रतिशत पुगेको छ । यसले नेपाली अर्थतन्त्रमा परनिर्भरता अझै बढ्दै गएको संकेत गर्दछ ।

वि.सं.२०८३ असार ८ सोमवार १६:४५ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...