back
CTIZAN AD

सांसदले मागे अमेरिकालाई पठाएको पत्र तर, मन्त्रीले भने – सरकारलाई अविश्वास भयो

वि.सं.२०७९ साउन १३ शुक्रवार

708 

shares

काठमाडौं । सांसदहरुले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरिएको भनि पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकालाई कुटनीतिक माध्यमद्धारा साउन ९ मा नै पत्राचार गरिएको जवाफ सदनलाई दिएपछि सांसदहरुले पत्र सार्वजनिक माग गरेका हुन् ।

एमालेका सांसद सुर्यप्रसाद पाठकले अमेरिकालाई पठाइएको पत्र सार्वजनिक हुनुपर्ने बताए । संसदको निरन्तर दबाब पछि मात्रै सरकारले पत्र पठाएको भन्दै उनले जनतालाई विश्वस्त पार्नका निम्ति पनि पत्र सार्वजनिक हुनुपर्ने बताए ।

तर, मन्त्री खड्काले भने पत्र सार्वजनिक गर्ने कुरा घुमाउरो शैलीमा अस्वीकार गरे । उनले सरकार र सरकारका निर्णयहरुलाई विश्वास गर्न आग्रह गरे ।

“मन्त्रीपरिषद्ले औपचारिक रुपमा निर्णय गरेको छ, मन्त्रीको हैसियतमा मैंले सदनलाई जानकारी गराएको छ”, उनले संसदमा जवाफ दिँदै भने, “सार्वभौम सरकारलाई अविश्वास भयो । यो ट्रेण्ड राम्रो होइन ।”

गत असार ६ मा चौतर्फी दबाब भएपछि मन्त्रीपरिषद्ले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको थियो । तर, सरकारले अस्वीकार गरिएको औपचारिक पत्र भने पठाउन अस्वीकार गर्दै आएको थियो ।

सम्बन्धित समाचार

संसदलाई परराष्ट्रमन्त्रीको जवाफ : एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौं

वि.सं.२०७९ साउन १३ शुक्रवार १३:५३ मा प्रकाशित

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...