back
CTIZAN AD

संसदलाई परराष्ट्रमन्त्रीको जवाफ : एसपीपी कार्यान्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौं

वि.सं.२०७९ साउन १३ शुक्रवार

732 

shares

काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागि नहुने अमेरिकालाई औपचारिक रुपमा पत्रचार गरिएको परराष्ट्रमन्त्री नारायण खड्काले जानकारी दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले साउन ९ गते नै परराष्ट्र मन्त्रालयले पत्राचार गरेको जानकारी दिए ।

“मिति २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सिरकार समक्ष पठाएको जानकारी गराउन चाहन्छु”, मन्त्री खड्लाले संसदमा भनेका छन् ।

गत असार ६ मा बसेको मन्त्रीपरिषद् बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । बैठकले अमेरिकालाई अस्वीकार गरिएको औपचारिक जानकारी पत्रमार्फत गर्ने निर्णय पनि गरेको थियो । तर, एक महिना बित्दासमेत सरकारले पत्र नपठाएपछि संसदमा पटक–पटक पत्राचारबारे जानकारी गराउन माग उठ्दै आएको थियो ।

संसदमा बारम्बार प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले पत्राचारबारे जानकारी गराउन सरकारलाई निर्देशन गरेको थियो ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १३:१९ मा प्रकाशित

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...