back
CTIZAN AD

बलात्कार आरोपि शिद्धबाबाको महायज्ञमा मन्त्री र न्यायाधिश नै उपस्थित भएको भन्दै सांसदको आपत्ति

वि.सं.२०७९ साउन १३ शुक्रवार

1K 

shares

काठमाडौं । नेकपा एमालेकी सांसद डा.शिवमाया तुम्बाहाम्फेले बलात्कारको आरोप लागेका शिद्धबाबा संलग्न रहेको महायज्ञमा सरकारका मन्त्री र न्यायाधिश नै सहभागी भएर कानुनको बर्खिलाप गरेको भन्दै आपत्ति जनाएकी छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्वमन्त्री समेत रहेकी डा. तुम्बाहाम्फेले पशुपतिनाथको मन्दिर परिसरभित्र संचालन भइरहेको महायज्ञमा सुनसरी जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दाका आरोपी, आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका व्यक्ति पनि संलग्न महायज्ञमा सरकारका मन्त्री नै सहभागी भएकोमा आपत्ति जनाएकी हुन् ।

‘हामीलाई अदालतमा विचाराधिन रहेको मुद्दामा भन्नु केही छैन । तर सो मुद्दासँग जोडिएका व्यक्ति जसलाई हामीले कृष्ण बहादुर गिरी ‘शिद्धबाबा’ भनेर चिन्ने गरेका छौं,’ सांसद तुम्बाहाम्फेले भनिन्, ‘ती व्यक्ति जोडिएको महायज्ञमा हाम्रा सरकारका मन्त्री सरकारी वकिलको प्रमुख पदमा बसेका महान्याधिवक्त समेत सो महायज्ञमा उपस्थित जनाउँदा यो मुलुकका नेपाली महिलाहरु तथा जनताले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकार पक्षले ?’

तुम्बाहाम्फेले बलात्कारका आरोपीलाई साधारण तारिखमा छोड्ने न्यायाधीशको कार्यकुशलतामाथि प्रश्न खडा भन्दै यस विषयमा छानबिन हुनुपर्ने बताइन् ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १३:०२ मा प्रकाशित

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...