back
CTIZAN AD

रिलायबलको नाफा २१.६५ प्रतिशतले वुद्धि

वि.सं.२०७९ साउन १३ शुक्रवार

771 

shares

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २१.६५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले २७ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन पोहोर असार मसान्तसम्म २२ करोड ५९ रुपैयाँमा सीमित थियो । यो २१.६५ प्रतिशतको वृद्धि हो ।

सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २७.४२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्सले ३ अर्ब ७७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । सो अवधिमा कम्पनीले कुल ३ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कम्पनिले गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३१.८५ प्रतिशलते बढाउन सफल भएको छ ।

कम्पनीको बीमा शुल्क सँगै दाबी भुक्तानी पनि बढिरहेको छ । यसै क्रममा कम्पनीले गत आर्थिक वर्षमा ७१ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । हालसम्मको तथ्यांक अनुसार कम्पनीले कुल १० हजार ३८ वटा दाबीबापत एक अर्ब १७ करोड रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।

गत आर्थिक वर्ष कम्पनीको भुक्तानी हुन बाँकी दाबी शून्य छ। व्यवसायिक वृद्धिसँगै कम्पनीको अभिकर्ता कमिसन पनि ३४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ५७ करोड ६९ लाख रुपैयाँ अभिकर्ता कमिसनबापत खर्च गरेको छ । नाफासँगै खर्चका आकार पनि बढेका छन् । कर्मचारीका लागि व्यवस्था गरिएको रकम ४९ लाख रुपैयाँ बढेर २ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको जीवनबीमा कोष ५९.४८ प्रतिशतले वृद्धि भएको छ । कोषमा ४ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ । चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले महाविपत्ति जगेडामा १० करोड ७३ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १२:४८ मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...