back
CTIZAN AD

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

वि.सं.२०८३ साउन १ शुक्रवार

216 

shares

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स ले आफ्नो २५ वर्षे गौरवमय यात्रा (सिल्भर जुबिली) का अवसरमा रु. १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क (First Premium Income–FPI) आर्जन गर्दै नेपालको जीवन बीमा इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ।

कम्पनीका अनुसार नेपालमा कुनै पनि जीवन बीमा कम्पनीले पहिलो पटक एक आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको हो। यसअघि गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेर बनाएको कीर्तिमानलाई नेपाल लाइफले यस वर्ष आफैंले तोड्दै नयाँ उचाइमा पुर्‍याएको हो।

२५ वर्षदेखि नेपाली नागरिकलाई जीवन बीमामार्फत आर्थिक सुरक्षा प्रदान गर्दै आएको नेपाल लाइफले यो उपलब्धिलाई आफ्ना लाखौं ग्राहक, हजारौं बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको साझा सफलताको रूपमा व्याख्या गरेको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले कम्पनीप्रति निरन्तर विश्वास व्यक्त गर्ने सम्पूर्ण बीमित, समर्पित बीमा अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा कम्पनीको सफलतामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

उनले नेपाल लाइफले आगामी दिनमा अझ प्रविधिमैत्री र ग्राहकमैत्री सेवा विस्तार गर्दै नवीन बीमा योजना, प्रभावकारी लगानी व्यवस्थापन, कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धि र विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

२५ वर्षअघि सुरु भएको नेपाल लाइफले विश्वास, सेवा र उत्कृष्टतालाई आफ्नो मूल आधार बनाउँदै जीवन बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीको पछिल्लो उपलब्धिले नेपाली जीवन बीमा उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै समग्र बीमा बजारको विस्तारमा समेत सकारात्मक सन्देश दिएको विश्लेषण गरिएको छ।

कम्पनीले ‘२५ वर्षको विश्वास, आज १३ अर्बभन्दा बढीको ऐतिहासिक उपलब्धि’ लाई आफ्नो संस्थागत यात्राको अर्को महत्वपूर्ण कोशेढुंगाका रूपमा उल्लेख गर्दै आगामी दिनमा पनि नवीन सेवा, दिगो विकास र ग्राहकको विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०८३ साउन १ शुक्रवार १३:५१ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...