back
CTIZAN AD

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

वि.सं.२०८३ साउन १ शुक्रवार

438 

shares

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा उपदान प्राप्त गरिरहेका कर्मचारीलाई अब करार सेवामा निरन्तरता नदिने निर्णय गरेको छ। यो व्यवस्था २०८३ साउन १ गतेदेखि लागू भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र जारी गर्दै कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी हाल करारमा कार्यरत रहेका पेन्सनभोगी कर्मचारीलाई सेवा निरन्तरता नदिन निर्देशन दिएका हुन्।

मन्त्रालयका शाखा अधिकृत सजिव नेपाल को हस्ताक्षरसहित जारी परिपत्रमा पेन्सन वा उपदान प्राप्त गरिरहेका करार कर्मचारीलाई नियमानुसार सेवा समाप्त गरी बिदाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

यद्यपि, पेन्सन वा उपदान नपाउने तर हाल करारमा कार्यरत कर्मचारीहरूको हकमा भने अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौता नवीकरण गरी ‘पुल’ मा राखिने व्यवस्था गरिएको छ। यस्ता कर्मचारीको एकीकृत विवरण सम्बन्धित मन्त्रालयले अद्यावधिक गर्ने जनाइएको छ।

सरकारको यो निर्णयसँगै अवकाशपछि पुनः करार सेवामा कार्यरत रहेका सयौं कर्मचारी प्रत्यक्ष प्रभावित हुने भएका छन्। सरकारले यस व्यवस्थामार्फत सार्वजनिक सेवामा अवसरको समान वितरण, जनशक्ति व्यवस्थापनमा पारदर्शिता तथा नयाँ जनशक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य राखेको सरकारी अधिकारीहरूको भनाइ छ।

यसअघि विभिन्न मन्त्रालय, विभाग, आयोग तथा स्थानीय तहमा अवकाश प्राप्त कर्मचारीलाई करारमा नियुक्त गर्ने अभ्यास रहँदै आएको थियो। नयाँ निर्णय लागू भएसँगै यस्तो व्यवस्था अन्त्य हुने भएको छ।

वि.सं.२०८३ साउन १ शुक्रवार १४:०३ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट पनि उद्धार गर्न सुरु

भक्तपुर ।  यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...