back
CTIZAN AD

संसदमा गजेन्द्र महतले भने – एम अधिकारी खाजेर ल्याएँ, कारबाही होस्

वि.सं.२०७९ साउन १३ शुक्रवार

822 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्न महाप्रसाद अधिकारी नै रहेको भन्दै कारबाहीको माग गरेका छन् । शुक्रबारको संसद बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

एमालेले एम अधिकारीको अर्थपूर्णं रुपमा नाम राखेको उनकाे भनाई छ। उनका अनुसार ‘एम’ भनेको मनी र ‘अधिकारी’ भनेको अधिकार भएको व्यक्ति हो । जसअनुसार एम अधिकारी राज्यको ढुकुटी चलाउने महाप्रसाद अधिकारी हुन् ।

महतले आफुले सुरुदेखि नै सीसीटीभी फुटेज प्रकरणभन्दा एम अधिकारीको खोजी आवश्यक रहेको बताउँदै आएपनि संसदले वेवास्ता गरेको बताए । उनले छानबिन समिति नबने पनि आफु एक्लैले तथ्यहरु खोजेको बताएका छन् ।

“यति धेरै आवाज उठ्यो तर, संसदले छानबिन समिति बनाए, म आफैंले खोज्नुपर्‍यो भनेर जुटेँ, मैंले प्रमाण भेटाएँ सभामुख”, उनले भनेका छन्, “एम भनेको मनी र अधिकारी भनेको अधिकार भएको मान्छे । ढुकुटीमा अधिकार भएको मान्छे । त्यो गभर्नर नै रहेछन् । मैंले छानबिन गरेर बुझाँए, अब उहाँमाथि कारबाही होस् ।”

गभर्नर महाप्रसाद अधिकारीलाई एम अधिकारीको नाममा एमालेले अर्थ विभागमा नियुक्त गरेको छ । तर, तथ्यहरु सार्वजनिक भइसक्दा पनि अधिकारीमाथि कारबाही हुन सकेको छैन् ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १२:४३ मा प्रकाशित

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...