back
CTIZAN AD

मिस युनिभर्स नेपालको फाईनलमा डा. ढुँगाना

वि.सं.२०७९ साउन १९ बिहीवार

813 

shares

काठमाडौं । मिस युनिभर्स नेपाल २०२२ को फाईनलका लागि डा. आयुष्नोभा ढुँगाना चयन भएकी छिन् ।

अर्को साता चयन हुने यो प्रतियोगितामा ३९ जनाबाट फाईनलका लागि २० जना प्रतियोगी चयन भएका हुन् । चयन भएका २० जनामा आयुष्नोभा मात्र डक्टर हुन् । बाँकी प्रतियोगिहरु मोडल तथा विधार्थीहरु रहेका छन् ।

सबैका लागि स्वास्थ्य भन्ने नारा सहित आफु यो प्रतियोगितामा उत्रिएको डा. आयुष्नोभाले बताएकी छिन् । काठमाडौंमा रहेर छाला सम्बन्धि रोगको सेवा गरिरहेकी आयुष्नोभा चाँडै नै स्वास्थ्य सेवाका लागि दुर्गम जाने योजनामा थिईन् । यही क्रममा मिस युनिभर्स नेपालको आह्वान गरेपछि उनी यो प्रतियोगितासँग जोडिएकी रहिछन् ।

डाक्टरले बिरामीको उपचारसँगै अन्तराष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गरेर मिस युनिभर्समा पनि नेपाललाई चिनाउन सक्छ भन्ने कुरा देखाउन यो प्रतियोगितामा भाग लिएको आयुष्नोभाले बताईन् ।

आफु पूर्ण तयारीका साथ यो प्रतियोगितामा उत्रिएकाले यस पटकको उपाधि जित्ने विश्वासमा रहेको उनले बताएकी छिन् । मिस युनिभर्स नेपाल मार्फत विभिन्न सामाजिक कार्य गर्नुका साथै विपन्नहरुका लागि स्वास्थ्य सेवामा आफु निरन्तर जुट्ने पनि उनले बताएकी छिन् ।

यसरी डा. आयुष्नोभा सहित चयन भएका अन्य १९ प्रतियोगीमा रजनी मिश्र, रिजु खड्का, जस्मिन खड्का, सृष्टी हाडा, रुप्सी श्रेष्ठ, सृष्टी तामाङ, मोनालिसा पराजुली, रेणुका चौधरी, दीक्षा खाती, प्रतिभा महर्जन, सामना कार्की, बिपना अधिकारी, मोनिका चौधरी, सोफिया भुजेल, प्रियँसु महत, आकृति मानन्धर, अनु मनमोल क्षत्री, आश्मा केसी र सोफिया जोशी रहेका छन् । यस अघि ३९ जना यो प्रतियोगिताको लागि चयन भएका थिए । विभिन्न तीन वटा टास्कबाट उत्कृष्ट २० भित्र परेका यी प्रतियोगीलाई फाईनलमा चयन गरिएको आयोजक पक्षले जनाएको छ । यस पटक यो प्रतियोगिताको कोरियोग्राफी अभिनेता तथा चर्चित मोडल प्रशान्त ताम्राकारले गर्दैछन् ।

आयोजक तथा पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठका अनुसार अब १० दिनको क्लोज क्याम्प पछि प्रतियोगीहरुलाई आगामी ९ भदौमा फाईनलमा उतारिने भएको छ । केही दिनमै प्रतियोगीको क्लोज क्याम्प सुरु हुने भएको छ ।

फाईनलमा मिस युनिभर्स नेपालको उपाधि जित्ने प्रतियोगीले नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्स २०२२ मा भाग लिने छन् ।

 

वि.सं.२०७९ साउन १९ बिहीवार १४:५४ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...