back
CTIZAN AD

१६५ सिटमै तालमेलको तयारीमा सत्ता गठबन्धन : कसले कति पाउने ?

वि.सं.२०७९ साउन २० शुक्रवार

879 

shares

काठमाडौं । आम निर्वाचनको मिति घोषणा भएसँगै पाँच दलीय सत्ता गठबन्धनका नेताहरु तालमेलको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गरेर तालमेल गर्नेगरि दलहरु गृहकार्यमा जुटेका हुन् । दलहरुले सिट बाँडफाँट गर्न कार्यदलसमेत गठन गरेका छन् ।

शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले नौ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हो । उक्त कार्यदलले प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिट एकमुष्ट बाँडफाँट गरेर तालमेलको खाका बनाउनेछ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

सहज छैन सिट बाँडफाँट

दलहरुले कार्यदल बनाउने निर्णय गरेको भएपनि सिट बाँडफाँट भने सहजपूर्णं देखिएको छैन । कांग्रेसले कम्तीमा ९५ सिटमा दाबी गर्ने तयारी गरेको छ भने अन्य दलले आधा/आधाको प्रस्ताव गर्ने तयारी गरेका छन् ।

स्थानीय तहको निर्वाचन परिणामअनुसार एक्लै लडे पनि आफुले ८० सिटभन्दा बढी जित्ने कांग्रेसको आकंलन छ । कांग्रेसले १ सय ६५ सिटमध्ये न्यूनतम ६० प्रतिशत आफुले पाउनुपर्ने प्रस्ताव अन्य दलहरुलाई गरेको छ ।

कांग्रेस प्रत्यक्ष र समानुपातिक गरी एक्लै बहुमत ल्याउने दाउमा देखिन्छ । कांग्रेसले ७० सिटसम्म अन्य दललाई दिनसक्ने बताएको छ ।
तर, माओवादी केन्द्र एक्लैले ५० सिट पाउनुपर्ने प्रस्ताव गरेको छ । यसअघिको प्रतिनिधिसभा र अहिलेको स्थानीय तहको निर्वाचन परिणामअनुसार कम्तिमा ५० सिट आफुले पाउनुपर्ने माओवादीको दाबी छ ।

तर, कांग्रेसले ७० भन्दा मुनि सिट दिन तयार नहुने र माओवादीले ५० सिटभन्दा कम लिन तयार नहुने हो भने दलहरुबीच सहमति कठिन देखिन्छ ।

एकीकृत समाजवादी र जसपाले पनि यसअघिको निर्वाचन परिणाम र स्थानीय तहको निर्वाचन परिणामअनुसार क्रमशः थोरै सिटमा चित्त बुझाउने स्थिति देखिन्न । एकीकृत समाजवादीले कम्तिमा ४० सिट हाराहारी माग्ने तयारी गरेको छ । एकीकृत समाजवादीले यसअघि एमालेले जितेका कतिपय सिट आफुले जित्ने दाबी गरेको छ ।

जसपाले पनि यसअघि जितेको सिटभन्दा केही सिट बढी २० सिटसम्मको दाबी गरेको छ । उसले १५ मा चित्त बुझाउने स्थिति भएपनि अन्य दललाई मिलाउन कठिन छ ।

कांग्रेसलाई ठूलो र बहुमत ल्याउन नदिने योजना

आगामी निर्वाचन पछि पनि माओवादी केन्द्र सत्ताका लागि निर्णायक शक्ति बन्न खोजिरहेको छ । उसले कांग्रेसलाई प्रत्यक्ष र समानुपातिक गरी एक सय सिटमा सीमित गर्न चाहिरहेको छ ।

माओवादी केन्द्र आफु निर्णायक पोजिसनमा पुग्ने अवस्थामा मात्रै गठबन्धन गर्ने रणनीतिमा देखिन्छ । यदि त्यस्तो नभएमा केन्द्रले बेग्लै वाम एकता वा गठबन्धनको पहल पनि गर्ने सम्भावना छ । माओवादी केन्द्रका नेताहरुका पछिल्ला अभिव्यक्ति पनि सोही दिशातिर केन्द्रीत देखिन्छ । माओवादीले एकातिर समाजवादी मोर्चाको कुरा गरेको छ भने एमालेसँग पनि तालमेल हुनसक्ने संकेत गरिरहेको छ ।

वि.सं.२०७९ साउन २० शुक्रवार १२:५२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...