काठमाडौं । बैंकिङ् कसूरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली न.पा.वडा नं.७ घर भई हाल काठमाडौं का.म.न.पा. १० बस्ने निरज बुढाथोकी रहेका छन् ।
बुढाथोकीले सेन्चुरी बैंकको शाखा कार्यालय कोटेश्वरमा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवाहरुलाई झुक्याउन चेक दिएको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले बैंकिङ् कसूर मुद्दाहरुमा प्रतिवादी उनलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ८ (आठ) दिन कैद र रु. ४२ लाख रुपैंया जरिवाना हुने ठहर गरेको बताइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले बुढाथोकीलाई साउन ३१ गते कोटेश्वर काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार १५:२६ मा प्रकाशित






























