काठमाडौं । गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । बुधबार (भदौ १ गते)देखि लागु हुने गरी भट्टराई क्यापिटलको सीइओमा नियुक्त भएका हुन् ।
साउन २९ गते आइतबार बसेको संचालक समितिको बैठकले भट्टराईलाई सीइओ बनाउने निर्णय गरेको थियो । भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका छन् । भट्टराईले गरिमा क्यापिटलको स्थापनाकाल देखि नै विभिन्न पदमा रहेर कार्यसम्पादन गर्दै आएका थिए । यस अघि उनी क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए ।
गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । गरिमा क्यापिटलले आफ्नो सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण गर्दै आएको छ ।
वि.सं.२०७९ भदौ १ बुधवार १६:१३ मा प्रकाशित





























