काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै आज बोलाएको बैठक निष्कर्ष विहीन टुङ्गिएको छ ।
आज बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउन नसकेको हो ।
बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । प्रवक्ता महराले शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने बताए ।
वि.सं.२०७९ भदौ ३ शुक्रवार ११:३७ मा प्रकाशित






























