back
CTIZAN AD

मनोनयन भएका सदस्यलाई सपथ

वि.सं.२०७३ चैत १३ आइतवार

837 

shares

 १३ चैत, काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीका सदस्य तथा वैकल्पिक सदस्यमा मनोनयन भएकालाई सपथ ग्रहण गराउनुभएको छ ।

गत फागुन २० गरेको स्थायी कमिटीको निर्णयअनुसार मनोनयन भएका सदस्यलाई आज अध्यक्ष ओलीले पार्टी कार्यालय धूम्रबाराहीमा सपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहण गर्ने केन्द्रीय कमिटी सदस्यमा धर्मनाथ साह (सिराहा), रामचन्द्र यादव (सिराहा), गङ्गा यादव (सिराहा), धर्मनाथ यादव (सिराहा), रामचन्द्र साह तेली (पर्सा), रामदयाल मण्डल (महोत्तरी), रत्नेश्वर गोइत (धनुषा), रविन्द्र बैठा (सर्लाही), यदुवंश झा (धनुषा) र हरिनारायण महतो (धनुषा) हुनुहुन्छ ।

त्यसैगरी, केन्द्रीय कमिटीका वैकल्पिक सदस्यमा नारदमुनि राना (कैलाली), जुली महतो (धनुषा), मञ्जु चौधरी (उदयपुर), शान्ता चौधरी (दाङ), हरि राजवंशी (झापा), सरला यादव (रौतहट), सुधीर साह (धनुषा), सरोज यादव (महोत्तरी) र मोहम्मद हारुन (बाँके) हुनुहुन्छ ।

केन्द्रीय कमिटी सदस्यद्वय रघुवीर महासेठ (धनुषा) र लालबाबु यादव (रौतहट) ले यसअघि नै सपथ ग्रहण गरिसक्नुभएको छ । सपथपछि पार्टी अध्यक्ष ओलीले पार्टी र राष्ट्रको शिरमाथि उठाउन आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभयो । रासस

वि.सं.२०७३ चैत १३ आइतवार १५:०० मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...