back

मनोनयन भएका सदस्यलाई सपथ

वि.सं.२०७३ चैत १३ आइतवार

519 

shares
IME Limited
NTC AD

 १३ चैत, काठमाडौँ। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीका सदस्य तथा वैकल्पिक सदस्यमा मनोनयन भएकालाई सपथ ग्रहण गराउनुभएको छ ।

गत फागुन २० गरेको स्थायी कमिटीको निर्णयअनुसार मनोनयन भएका सदस्यलाई आज अध्यक्ष ओलीले पार्टी कार्यालय धूम्रबाराहीमा सपथ ग्रहण गराउनुभएको हो ।

सपथ ग्रहण गर्ने केन्द्रीय कमिटी सदस्यमा धर्मनाथ साह (सिराहा), रामचन्द्र यादव (सिराहा), गङ्गा यादव (सिराहा), धर्मनाथ यादव (सिराहा), रामचन्द्र साह तेली (पर्सा), रामदयाल मण्डल (महोत्तरी), रत्नेश्वर गोइत (धनुषा), रविन्द्र बैठा (सर्लाही), यदुवंश झा (धनुषा) र हरिनारायण महतो (धनुषा) हुनुहुन्छ ।

त्यसैगरी, केन्द्रीय कमिटीका वैकल्पिक सदस्यमा नारदमुनि राना (कैलाली), जुली महतो (धनुषा), मञ्जु चौधरी (उदयपुर), शान्ता चौधरी (दाङ), हरि राजवंशी (झापा), सरला यादव (रौतहट), सुधीर साह (धनुषा), सरोज यादव (महोत्तरी) र मोहम्मद हारुन (बाँके) हुनुहुन्छ ।

केन्द्रीय कमिटी सदस्यद्वय रघुवीर महासेठ (धनुषा) र लालबाबु यादव (रौतहट) ले यसअघि नै सपथ ग्रहण गरिसक्नुभएको छ । सपथपछि पार्टी अध्यक्ष ओलीले पार्टी र राष्ट्रको शिरमाथि उठाउन आ–आफ्नो क्षेत्रमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभयो । रासस

वि.सं.२०७३ चैत १३ आइतवार १५:०० मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...