back
CTIZAN AD

बीस वर्षपछि हाइड्रोसिलको शल्यक्रिया

वि.सं.२०७३ चैत १३ आइतवार

966 

shares

hydrosil-treatment

१३ चैत,गौर (रौतहट)  । “पैसा भएको भए त मैले २२ वर्षअघि नै उपचार गरिहाल्थँे नि ?” वसन्तीपुर–८ का ७५ वर्षीय हिपाराउत कुर्मीले आँसु झार्दै भन्नुभयो, “दश वर्षअघि बुढी बितेपछि मलाई झनै गाह्रो भयो, त्यसपछि भएका तीन छोराले पनि मलाई हेर्दैनन् । मन लागे खान दिन्छन् नत्र दिन्नन् ।”

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा पहिलोपटक रौतहट सदरमुकाम गौरमा भइरहेको शल्यक्रियासहितको बृहत् स्वास्थ्य शिविरमा कुर्मी हाइड्रोसिलको शल्यक्रिया गराउन आउनुभएको हो । कुर्मी जस्तै समस्या लिएर आएका ६५ वर्षीय रामअश्र दासले सरकारले निःशुल्क गरेको शल्यक्रियाले आफूजस्तै आर्थिक अभाव भएकाहरुले नयाँ जीवन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । कुर्मी विगत १८ वर्षदेखि हाइड्रोसिलको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

“हाइड्रोसिल भएको पहिले नै थाहा थियो, तर पैसा नजुट्दा शल्यक्रिया गराउन सकेको थिइन,” दासले पीडा सुनाउनुभयो ।

गौरमा गत चैत ८ गतेबाट सञ्चालित स्वास्थ्य शिविरमा निःशुल्क शल्यक्रिया गराएका पुरुष बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी हाइड्रोसिलका बिरामी छन् । त्यसपछि हर्निया, पत्थरी लगायतका बिरामी रहेका छन् । सलार्हीबाट उपचारका लागि आउनुभएका ७० वर्षीय रौय मन्सुरीलाई हनिर्याको समस्याका साथै जोर्नी सुन्निने र खुट्टा सुक्दै जाने समस्या छ । तर उहाँले पटकपटक चिकित्सकलाई देखाएर औषधि खाए पनि निको भएन । नेपाली सेनाले उपचार गरिरहेको थाहा पाएर आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हनिर्या भएको त निकै लामो समय भयो । डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेका थिए पहिले नै । तर पैसा धेरै लाग्ने रहेछ । मजदुरी गरेर खाने मान्छेले कसरी पैसा जुटाउने ?।”
वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौँमा कार्यरत प्रमुख सेनानी सर्जन डा ज्योति रायमाझी रानाले समस्या भएका धेरै बिरामीको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु रोग पालेर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बच्चाको स्वास्थ्य स्थिति पनि निकै दयनीय रहेछ । एक वर्षको बच्चामा हनिर्याभित्र झोला हुन्छ त्यसमा आन्द्रा पसेर अड्किएको पनि पाइयो । तीन वर्षका बच्चाको पिसाव थैलीमा पाँच सेमी लम्बाइ र दुई सेमी चौडाइ भएको ढुङ्गा भेटियो । यस्तो समस्या छ महिनाको बच्चामा समेत देखियो । अन्य धेरै बच्चमा यस्तो समस्या छ त्यसका लागि सरकारले भरपर्दो कार्यक्रम ल्याउन आवश्यक छ ।”

सुविधा सम्पन्न भवन भए पनि जिल्ला अस्पताल गौरमा आवश्यक चिकित्सक नहुँदा बिरामी उपचारबाट वञ्चित हुँदैआएका छन् । नेपाली सेनाका तर्फबाट शिविरको संयोजकत्व गरिरहनुभएका एनेस्थेसिया (निश्चेतना विशेषज्ञ) डा उदय बज्राचार्यले सरकारले स्वास्थ्यमा ठूलो लगानी गरेको भए पनि रौतहट शिविरमा आएका बिरामी हेर्दा जनता अझै सामान्य रोगको उपचार गर्न नसक्दा अन्य जटिल रोगको सिकार भएका बताउनुभयो ।

“यही शिविरमा सबैको शल्यक्रिया गर्न सम्भव छैन, बिरामीको सङ्ख्या पत्ता लगाएर सरकारले शल्यक्रिया गर्दै जानुपर्छ,” डा बज्राचार्यले भन्नुभयो । वीर अस्पतालबाट खटिई स्वास्थ्य शिविरमा हाइड्रोसिलका बिरामीको शल्यक्रिया गरिरहनुभएका वरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डा प्रमोदकुमार यादवले तराईका पुरुषमा हाइड्रोसिलको समस्या अत्यधिक देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस शिविरमा १८/२० वर्षदेखि पुरुषले दुई, तीन किलोसम्म हाइड्रोसिलको समस्या देखिएको छ । साना बच्चामा पनि ठूलो मान्छेको जस्तो हाइड्रोसिलको समस्या देखिएको छ ।” आएका बिरामी अधिकांश दैनिक मजदुरी गर्नेछन् । गह्राँै काम गर्ने र साइकलमा धेरै सामान बोक्दा अण्डकोषमा ठोक्किन गई चोट लाग्छ तर उनीहरुले त्यो दुखाइको वास्ता गर्दैनन् । दैनिक यस्तो काम गर्नुपर्ने कारण समस्या भएको उनीहरुलाई थाहा नै हुँदैन । त्यसकारण हाइड्रोसिल र हर्नियाको समस्या धेरै देखिएको हो”– उहाँले भन्नुभयो, “एउटा हाइड्रोसिलको शल्यक्रिया गर्न कम्तीमा रु ५० हजार खर्च लाग्छ, यस शिविरमा ५० भन्दा धेरैको हाइड्रोसिलको शल्यक्रिया भइसकेको छ ।” शिविर सोमबारसम्म चल्नेछ  । रासस

वि.सं.२०७३ चैत १३ आइतवार १५:१८ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...