back
CTIZAN AD

माछापुच्छ्रे बैंक र फेकनबीच सेवा सम्बन्धी सम्झौता

वि.सं.२०७९ भदौ ५ आइतवार

663 

shares

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्री एजुकेशनल कन्सल्टेन्सिज् अर्गनाइजेशन नेपाल (फेकन)बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ ।

बैंकले आफ्ना सम्पूर्ण शाखाबाट संघ तथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्ने जनाएको छ । साथै उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले फेकनसँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

वि.सं.२०७९ भदौ ५ आइतवार १२:२६ मा प्रकाशित

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...