back
CTIZAN AD

एक्सेल बैंकले ल्यायो ९.०५ प्रतिशत ब्याज दिने समृद्धि बचत खाता

वि.सं.२०७९ भदौ ५ आइतवार

1.4K 

shares

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि ‘एक्सेल समृद्धि बचत खाता’ संचालनमा ल्याएको छ । बैंकले वार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बचत खाता संचालनमा ल्याएको हो ।

बैंकको अनुसार न्यूनतम २ हजार रुपैयाँमा यो खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । बैंकले सबै उमेर समुहका नेपाली नागरिकहरुले यो खाता खोल्न सक्ने जनाएको छ ।

बैंकले यस एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक लगायत अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङ्गको सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।

बैंकले हाल बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको जनाएको छ । यसका अतिरिक्त बैंकले १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दती निक्षेपहरु पनि संचालनमा रहेको बताइएको छ ।

बैंकले हाल ४४ वटा शाखामार्फत स्थानिय स्तरमा बैंकिंङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ । झापा, मोरङ्ग, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको यस बैंकले १ नं. प्रदेश भरी सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पुर्याई नेपाल राष्ट्र बैंकमा आवेदन दिईसकेको जनाएको छ ।

वि.सं.२०७९ भदौ ५ आइतवार १५:५० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...