काठमाडौं । नेतृ सरिता गिरी स्वर्गीय कांग्रेस नेता प्रदिप गिरीकी बुहारी हुन् । उनले प्रदिप गिरीकै कान्छो भाइ लक्ष्मण गिरीसँग विवाह गरेकी छिन् ।
तर, उनले विवाहपूर्व आफुलाई दाजु प्रदिप गिरीले “भाग्न” प्रस्ताव गरेको कुरा खुलासा गरेकी छिन् । उनले गिरी निधन भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत यस्तो खुलासा गरेकी हुन् ।
उनले आफुँलाई भागौं भनेर प्रदिप गिरीले प्रस्ताव आफुले स्वीकार नगरेको बताएकी छिन् । तर, त्यसको २ वर्ष पछि नै प्रदिप भाइ लक्ष्मण गिरीसँग उनको मागी विवाह भएको थियो ।
“एक्कासी हास्दै भन्नु भयो, मेरी अभी शादी नहीं हुई है, चलो तुम मेरे साथ भाग चलो । कस्तो कस्तो लाग्यो । म त्यस बेला मात्र १६ वर्ष को थिएँ । यो मजाक हो कि केहो जस्तो पनि लाग्यो । चुपचाप कोठा बाट बाहिर निस्कें ।”, गिरीले उक्त घटनाबारे भनेकी छिन् , “यस घटना को लगभग २ वर्ष पछि मेरो लक्ष्मण गिरीसँग मांगी विवाह भएको हो ।”
उनले तत्कालिन समय भने प्रदिप र लक्ष्मण दाजुभाइ भएको थाहा नभएको बताएकी छिन् । आफुलाई मनाउने प्रदिप गिरी विवाहमा सामेल नभएको पनि उनले खुलाएकी छिन् ।
“विवाह गरी पछि बस्तपिुर आए पछि परिवारका सदस्यहरुबारे बुझ्दा बिस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरीका दाजु हुन, पछि मैले थाहा पाएँ प्रदीप गिरी त्यही व्यक्ति हुन जसलाई मैले पटनामा भेंटेको थिएँ, वहाँ विवाहमा शरीक हुनु भएको थिएन”, उनले भनेकी छिन् , “पछि भन्नु भयो, जब पता चला कि मेरे ही भाई से तुम्हारी शादी हे रही है तो कुछ अजीब सा लगा और मैं शादी में नहीं आया ।”
यस्ताे छ प्रदिप गिरीबारे उनले लेखेकाे स्मरण
प्रदीप दाई र म
आज म प्रदीप दाई को बारेमा यस्तो कुरा लेख्न गई रहेको छु जुन नियति ले निर्धारित गरेको हो । वहाँ लाई माया गर्ने धेरै जना छन । उनको प्रति सबैको प्रेमभाव प्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखीन भने शायद कहिले पनि लेख्न सक्दीन होला ।
उनको कांछो भाई लक्ष्मण गिरी र प्रदीप दाई बीच अचम्भ को प्रेम थियो । त्यहाँ भक्ति पनि थियो र सखाको प्रेम पनि थियो । हामी तीनै जना संगै भएको बेला म यो भन्दै जिस्काउंथिएँ पनि कि इंजिनियर साहेब आपके भाई से भी ज्यादा आपके कार्यकत्र्ता जैसे हैं । दुई जना बीचको असीम प्रेमको एक कडी म पनि थिएँ ।
प्रदीप दाई संग मेरो भेंट पटना मा भएको थिए । भर्खर क्लास ११ को जाँच दिए को थिएँ । मेरो काकी नेपालको हुनु हुन्छ र निर्वासन को समयमा वहाँ हरु पटना गई राख्नु हुन्थियो । त्यस्तै एउटा भ्रमण को दौरान मा पटना मा तीन चार जना नेपाली मेरो काकी को कोठा मा बस्नु भएको थियो । म बाहिर थिएँ र मलाई बोलाइयो ।
म कोठामा पसी एक कुना मा बसी हालें । वहाँ ले एक पछि अर्को प्रश्न गर्न थाल्नु भयो , हिंदीमा । मैले सके सम्म एउटा राम्रो विद्दाथी जस्तो जबाब दिंदै गयें ।
त्यस पछि केही बेर चुप लाग्नु भयो र एक्कासी हास्दै भन्नु भयो , मेरी अभी शादी नहीं हुई है , चलो तुम मेरे साथ भाग चलो ।
कस्तो कस्तो लाग्यो । म त्यस बेला मात्र १६ वर्ष को थिएँ । यो मजाक हो कि केहो जस्तो पनि लाग्यो । चुपचाप कोठा बाट बाहिर निस्कें ।
यस घटना को लगभग २ वर्ष पछि मेरो लक्ष्मण गिरी संग मांगी विवाह भएको हो । विवाह गरी पछि बस्तपिुर आए पछि परिवार का सदस्य हरु बारे बुझ्दा बिस्तारै थाहा भयो प्रदीप गिरी भन्ने व्यक्ति लक्ष्मण गिरी का दाजु हुन । पछि मैले थाहा पाएँ प्रदीप गिरी त्यही व्यक्ति हुन जसलाई मैले पटना मा भेंटे को थिएँ । वहाँ विवाहमा शरीक हुनु भएको थिएन । पछि भन्नु भयो , जब पता चला कि मेरे ही भाई से तुम्हारी शादी हे रही है तो कुछ अजीब सा लगा और मैं शादी में नहीं आया ।
प्रदीप दाई संगको थोड बहुत संगतमा उनको विद्वता संग प्रभावित न हुने त कुरा नै थिएन । जेठाजु र बुहारीको सम्बन्ध यस्तो हुन्छ कि मैले वहाँ संग सीख्ने अवसर वा समय पाई न । तर टाडा भएपनि राजनीति मा वहाँ मेरो प्रेरणा श्रोत जहिले पनि रहनु भयो । वहाँको प्रभावमा म आध्यातिमकता लाई पनि बुझें । प्रेमको आध्यत्मिक स्वरुप के हुन्छ, मैले वहाँको संगतमा बुझें ।
जीवन मा जस्तो सुकै कठोर मोडमा वहाँको र उनको भाई लक्ष्मण गिरी को प्रेम र संरक्षण पाउने भाग्यमानी मध्येको एक म पनि हुँ ।
मेरो जीवनमा पिता बाहेक प्रभाव राख्ने दुई पुरुष लक्ष्मण गिरी र प्रदीप गिरी हुन । आज तीनै जना यस संसारमा हुनु हुन्न ।
तीनै जना प्रति असीम श्रद्धा र प्रेम व्यक्त गर्दछु ।
वि.सं.२०७९ भदौ ५ आइतवार १५:२९ मा प्रकाशित




























