काठमाडौं । दुबईबाट आएका एक भारतीय नागरिकले पेटभित्र १ किलो सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर भी११२२८९० का ३१ वर्षीय राहुल रेमानले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले पक्राउ गर्दा १ किलो सुन पेटभित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार शनिबार अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रकाउ परेका राहुललाई शंका लागि प्रहरीले काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुनः प्रहरी वृत्त गौशालामा लगि शौच गराउँने क्रममा मलद्वारबाट ४ वटा सुनको पोका फेला परेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०७९ भदौ ५ आइतवार १५:२९ मा प्रकाशित



























