काठमाडौं । आइएमई पे र दराज नेपालबीच ‘दराज वालेट डे’को निम्ति सम्झौता भएको छ । पे र दराजबीच पे मार्फत भुक्तानी गर्दा ग्राहकले १०% छुटको रिडिम भाउचर पाउने सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानीगर्दा १०% छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ ।
कम्पनीले प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने जनाएको छ ।
कम्पनीका अनुसार यस अघि पनि पेले दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु ल्याएको छ । साथै ‘दराज वालेट डे’को यो पहिलो संस्करण भएको कम्पनीले जनाएको छ ।
दराज र पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।
वि.सं.२०७९ भदौ ५ आइतवार १५:०७ मा प्रकाशित
























