back
CTIZAN AD

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

वि.सं.२०८३ जेठ १५ शुक्रवार

420 

shares

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानहरूको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.०३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

सरकारले सार्वजनिक गरेको संस्थानहरूको वित्तीय प्रतिवेदन अनुसार हाल अस्तित्वमा रहेका ४५ वटा संस्थान मध्ये २७ वटा नाफामा र १६ वटा घाटामा सञ्चालित छन् भने २ वटा संस्थान बन्द अवस्थामा रहेका छन् । नाफामा रहेका संस्थानहरूको खुद नाफा १०.५८ प्रतिशतले बढेर ४८ अर्ब ८९ करोड ६ लाख रुपैयाँ पुग्दा घाटामा रहेका संस्थानहरूको नोक्सानी भने ४.१४ प्रतिशतले घटेर ३ अर्ब ८० करोड ५७ लाख रुपैयाँमा झरेको छ ।

कुल सम्पत्ति र सरकारी लगानीमा वृद्धि

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थानहरूको कुल सम्पत्ति ९.४९ प्रतिशतले बढेर ३२ खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । यसैगरी, सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको कुल लगानी १३.४४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कुल लगानीमध्ये सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड २० लाख र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा संस्थानहरूको कुल आय ०.६७ प्रतिशत र कुल सञ्चालन आय ०.६६ प्रतिशतले बढेर क्रमशः ७ खर्ब २१ अर्ब १४ करोड ७७ लाख र ६ खर्ब ७२ अर्ब ४० करोड २६ लाख रुपैयाँ कायम भएको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा संस्थानहरूको कुल आयको हिस्सा ११.८० प्रतिशत र सञ्चालन आयको हिस्सा १०.८५ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

नेपाल वायुसेवा निगम भने चरम वित्तीय संकटबाट गुज्रिरहेको छ । निगम सबैभन्दा धेरै सञ्चित नोक्सान ब्यहोर्ने संस्थान बनेको छ । जसको कुल सञ्चित नोक्सानी १८ अर्ब ९० करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस्तै, ७ वटा संस्थानको सेयर धनी कोष (नेटवर्थ) ऋणात्मक रहेकोमा वायुसेवा निगमको मात्रै नेटवर्थ सबैभन्दा धेरै अर्थात् ७ अर्ब ९३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक छ ।

विद्युत प्राधिकरण र टेलिकम नाफामा, वायुसेवा निगम संकटमा

संस्थानहरूको कुल सञ्चित नाफा २१.५१ प्रतिशतले बढेर १ खर्ब ५ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ । जसमा नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र नेपाल नागरिक उड्डयन प्राधिकरणको हिस्सा सबैभन्दा धेरै छ । क्षेत्रगत रूपमा जनोपयोगी क्षेत्रले सबैभन्दा बढी ९८ अर्ब ५० करोड ९२ लाख रुपैयाँ सञ्चित नाफा कमाएको प्रतिवेदनले देखाएको छ ।

अर्कोतर्फ, नेपाल वायुसेवा निगम भने चरम वित्तीय संकटबाट गुज्रिरहेको छ । निगम सबैभन्दा धेरै सञ्चित नोक्सान ब्यहोर्ने संस्थान बनेको छ । जसको कुल सञ्चित नोक्सानी १८ अर्ब ९० करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस्तै, ७ वटा संस्थानको सेयर धनी कोष (नेटवर्थ) ऋणात्मक रहेकोमा वायुसेवा निगमको मात्रै नेटवर्थ सबैभन्दा धेरै अर्थात् ७ अर्ब ९३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक छ । क्षेत्रगत आधारमा औद्योगिक क्षेत्रले सबैभन्दा धेरै २२ अर्ब ६२ करोड ३० लाख रुपैयाँ सञ्चित नोक्सान बेहोरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारलाई बुझाउने लाभांश घट्यो

संस्थानहरूको नाफा बढे पनि सरकारलाई बुझाउने लाभांश भने खस्किएको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले ८ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ लाभांश पाएकोमा आव २०८१/८२ मा त्यो घटेर ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । कुल सेयर लगानीको तुलनामा यो लाभांश अनुपात मात्र २.३ प्रतिशत हो ।

यद्यपि, संस्थानहरूबाट सरकारलाई आयकरबापत ११ अर्ब ३६ करोड, मूल्य अभिवृद्धि कर बापत ५२ अर्ब ३३ करोड ७ लाख र अन्य शीर्षक (ब्याज, रोयल्टी, भन्सार आदि) गरी कुल १ खर्ब ६४ अर्ब ९६ करोड २६ लाख रुपैयाँ राजस्व प्राप्त हुनुपर्ने विवरणले देखाउँछ ।

कर्मचारी दरबन्दी र खर्चको अवस्था

हाल सार्वजनिक संस्थानहरूमा कुल ३८ हजार २ सय ८५ स्वीकृत दरबन्दी रहेकोमा स्थायी, करार र ज्यालादारी गरी ३० हजार ३ सय ५२ जना जनशक्ति कार्यरत छन् । सबैभन्दा बढी जनशक्ति जनोपयोगी क्षेत्रमा र सबैभन्दा कम सामाजिक क्षेत्रमा छन् । सुखद पक्ष, संस्थानहरूको कुल प्रशासनिक र कर्मचारी खर्चमा ८.३६ प्रतिशतले कमी आई ६१ अर्ब ५ करोड ७० लाख रुपैयाँ कायम भएको देखिएको छ ।

संस्थानहरूको नाफा बढे पनि सरकारलाई बुझाउने लाभांश भने खस्किएको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले ८ अर्ब ८३ करोड ५६ लाख रुपैयाँ लाभांश पाएकोमा आव २०८१/८२ मा त्यो घटेर ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । कुल सेयर लगानीको तुलनामा यो लाभांश अनुपात मात्र २.३ प्रतिशत हो ।

वित्तीय अनुशासन कमजोर, २४ खर्बभन्दा बढीको दायित्व

प्रतिवेदनले सार्वजनिक संस्थानहरूको वित्तीय अनुशासन अझै कमजोर रहेको औंल्याएको छ । आव २०८१/८२ सम्म जम्मा २७ वटा संस्थानले मात्रै अन्तिम लेखापरीक्षण सम्पन्न गरेका छन् भने ३४ वटा संस्थानले आव २०८०/८१ सम्मको लेखापरीक्षण सकेका छन् ।

संस्थानहरूमा कोषमा व्यवस्था नगरिएको दायित्व १०.१० प्रतिशतले बढेर ६६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ पुगेको छ भने सम्भावित दायित्व ३.०३ प्रतिशतले वृद्धि भई २२ खर्ब ६४ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यस्तै, वि.सं. २०८२ आषाढ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कुल ४६६ कम्पनीमध्ये ७ वटा मात्र सार्वजनिक संस्थान रहेका छन् । जसको बजार पुँजीकरण हिस्सा १५.०८ प्रतिशत छ ।

सुधारका लागि एकीकृत कार्यक्रम आवश्यक

आर्थिक–सामाजिक विकास, पूर्वाधार निर्माण र मूल्य स्थिरताका लागि स्थापना गरिएका संस्थानहरू हाल सञ्चालनगत तथा वित्तीय संकटबाट गुज्रिरहेको प्रतिवेदनको निष्कर्ष छ । अस्पष्ट उद्देश्य, प्रतिस्पर्धात्मक क्षमताको अभाव, सञ्चालनगत अकुशलता र कमजोर व्यवस्थापनका कारण धेरै संस्थानहरू स्थापनाकालीन लक्ष्य हासिल गर्न असफल भएका छन् ।

यी संस्थानहरूको सान्दर्भिकता जोगाउन तत्काल नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधारसहितको ’एकीकृत सार्वजनिक संस्थान सुधार कार्यक्रम’ सञ्चालन गर्नुपर्ने र आवश्यकता एवं प्रतिफलका आधारमा संस्थानहरूको वर्गीकरण गरी सरकारी लगानी व्यवस्थापन गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ ।

हेर्नुहोस् सरकारले बुधबार सार्वजनिक गरेको सार्वजनिक संस्थानहरूको वित्तिय अवस्था…

वि.सं.२०८३ जेठ १५ शुक्रवार १५:१५ मा प्रकाशित

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट...