back
CTIZAN AD

मिटर ब्याजी अनुरुदले ससुरालीमा लुकाएको ७१ लाख बढीको कपाली तमसुक बरामद

वि.सं.२०७९ भदौ ६ सोमवार

978 

shares

जलेश्वर । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट रु एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ ।

प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर रु बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए ।
शनिबार पक्राउ परेका उनको ससुराली घरबाट रु एकहत्तर लाख चौवालीस हजार तीन सय पचास रुपैयाको नौ थान कपाली तमसुक बरामद भएको हो ।

महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ७ ससुराली घरबाट बरामद गरेको हो ।उनले रु ५० हजारका नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए ।

यसैगरी निज साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले रु बयालिस लाख बयाननब्बे हजार एक सय ९० बाराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले रु एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सोे मुद्दा अझै पनि अदालतमा बिचाराधीन छ ।

मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भङ्गाहा नगरपालिका– ५ बाट पक्राउ गरिएकामा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । त्यस्तै साह बिरुद्ध आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए । रासस

 

वि.सं.२०७९ भदौ ६ सोमवार १५:२० मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...