back
CTIZAN AD

माओवादी केन्द्र र एकिकृत समाजवादीबीच एउटै घोषणापत्रमा चुनाव लड्ने सहमति

वि.सं.२०७९ भदौ ६ सोमवार

1K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) पार्टीबीच आगामी निर्वाचनमा एउटै घोषणापत्रमा चुनाव लड्ने सहमति भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुको आज बिहान हात्तिबनको एक घरमा बसेको बैठकमा पार्टी एकताका लागि छिट्टै संयोजन समिति बनाउने सहमति समेत भएको छ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तथा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल समेत सहभागी रहेको उक्त बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जाने तथा निर्वाचनपछि पार्टी एकता गर्ने सहमित भएको हो ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आजको वार्ता असाध्यै सकारात्मक भएको जानकारी दिएका छन् ।

बैठकमा आगामी निर्वाचनको रणनीति, कांग्रेसँगको तालमेल, सिट बाँडफाँट लगायतका विषयमा छलफल भएको बताइएको छ ।

वि.सं.२०७९ भदौ ६ सोमवार १४:५२ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...