back
CTIZAN AD

नेपाल लाइफले गर्यो अभिकर्तालाई जनही एक लाखसहित सम्मान

वि.सं.२०७९ भदौ ८ बुधवार

669 

shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । सिइओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा पराजुलीले चालु आर्थिक वर्ष फाल्कनइयर २०७९/८० को र कम्पनीको कर्पोरेट भिडियोहरुको अनावरण गरेका थिए ।

No description available.

कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाखसहित विशेष सम्मान गरिएको जनाएको छ । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको कम्पनीले जनाएको छ ।

यस अघि कोभिड १९ काकारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन नसकेको कम्पनीले जनाएको छ । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सवैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको जनाएको छ । यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

No description available.

उक्त समान्नितहरु मध्ये प्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगद सहित सम्मान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियोे ।

कार्यक्रमको उद्घाटन सत्र लगत्तै बैंकर तथा मोटिभेसन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पुर्णमा मोटिभेसन प्रदान गरेको कम्पनीले जनाएको छ । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ-आफ्नो कामप्रति उत्साहित बनाएको बताइएको छ ।

No description available.

उक्त कार्यक्रममा कम्पनीका नेशनल शेल्स हेड उमापति पोखरेल, वरिष्ठ सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनी, स्ट्राटेजी हेड अमित कयाल, कम्पनी सचिव विनोद भुजेल, प्रबन्धक सुनिता पोखरेल, जोन प्रमुखहरु र रिजनल प्रमुखहरुको समेत उपस्थिति रहेको कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ भदौ ८ बुधवार १७:३७ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...